सलमान खान जेल जाँदा कपिल शर्मालाई के भयो ?
कालो हरिण शिकारको मुद्दामा दोषी पाइएका बलिउड स्टार सलमान खानको जमानत शुक्रबार पनि टर्यो । त्यसकारण उनी शुक्रबार राती पनि जेलमै बसेका छन् ।
जोधपुरको सेन्सस कोर्टमा शनिबार पुनः यस मुद्दामा सुनुवाई हुनेछ ।
सलमान खान जेल जाँदा सबैभन्दा बढी नोक्सानी बलिउड फिल्म उद्योगले व्यवहोर्नु पर्नेछ किनभने उनीमाथि निर्माताले करौडौंको भारु दाउमा लगाएका छन् ।
सलमान जेल परेसँगै बलिउड फिल्म जगतका विभिन्न कलाकारले आफ्नो धारणा सोसल मिडियामा पोखिरहेका छन् । शुक्रबार मात्रै भारतीय मूलकी बेलायती मोडल र नायिका सोफिया हयातले सलमान जेल जानु उनको कर्मको फल बताउँदै यसले आफूलाई खुसी तुल्याएको बताएकी थिइन् । उनको भनाईले निकै चर्चा बटुल्यो ।
सलमान जेल जाँदा यी नायिका खुसीः भनिन्, ‘कर्मको फल’
यता टेलिभिजनका चर्चित हास्यकलाकार कपिल शर्माले पनि सलमान खानबारे सोसल मिडियामा टिका टिप्पणी गरेका छन् । यद्यपी, उनले भने सलमानको निकै तारिफ गरेका छन् ।
कपिलले शुक्रबार बेलुका करिब चार बजे एकपछि अर्को गर्दै थुप्रै ट्वीट गरे जसमा उनले सलमानको समर्थन गर्दै मिडियामाथि निशाना साँधेका छन् ।
साथै, उनले आफ्नो ट्वीटमा थुप्रै अपशब्दको पनि प्रयोग गरेका छन् । कपिलले ट्वीटरमा लेखेका छन्, ‘.... .... गयो यहाँको सिस्टम । साला घटिया मानिसहरु । यदि म प्रधानमन्त्री हुँदो हुँ त गलत समाचार बनाउनेहरुलाई फाँसीमा चढाउँथे.. ..घटिया ।’
अर्को एक ट्वीटमा उनले लेखेका छन्, ‘मैले आफूलाई महाराजजस्ता देखाउन चाहने थुपै मानिसहरु देखेको छु जसले निकै गर्वका साथ आफूले बाघको शिकार गरेको बताउने गर्छन् । मैले त्यस्ता मानिसहरुलाई भेटेको छु । सलमानले धेरैलाई सहयोग गर्छन् । राम्रा व्यक्ति हुन् । उनले वास्तवमा नै यस्तो गरेका छन् छैनन् भन्ने मलाई थाहा छैन । तर उनको राम्रो पक्ष पनि हेर्नुहोस् न.... घटिया सिस्टम । मलाई राम्रो काम गर्न देउ । ’
‘र मिडियासँग पनि आग्रह छ... आफ्नो पत्रिका बेच्नका लागि यो कुरालाई नकारात्मक खबरको रुपमा प्रकाशित नगर्नुहोस् । उनी राम्रा व्यक्ति हुन् र चाँडै नै बाहिर निस्कनेछन् । यति ठूल्ठूला घोटाला भए, त्यतिबेला त तिमीहरुले केही बोलेनौं । नकारात्मक समाचार फैलाउनका लागि कति रकम लिन्छौ..... पेड मिडिया ।’
यद्यपी, यी सबै ट्वीट केही समय पछि नै हटाइयो ।
कपिल शर्मा विभिन्न समयमा विवादमा छाइरहन्छन् । पछिल्लो वर्ष पनि उनले सहकर्मी सुनिल ग्रोवरसँगको झगडा र कलर्स च्यानलसँगको उनको मनमुटावका कारण निकै चर्चामा रहे ।
यसका साथै बीएमसीमाथि पाँच लाख भारु मागेको आरोप लगाएपछि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘अच्छे दिन’ माथि प्रश्न तेर्साएपछि पनि उनको चर्चा चुलिएको थियो ।
कपिलमाथि सेटमा आउने कलाकारले निकै लामो समयसम्म प्रतिक्षा गर्नुपर्ने आरोप पनि लगाउने गरेका छन् । अहिले कपिल ‘फ्यामिली टाइम विद कपिल’ नामको कार्यक्रम संचालन गरिरहेका छन् । यो कार्यक्रम सोनी इन्टरटेन्मेन्ट टेलिभिजनमा प्रसारण हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण