नापोलीलाई हराउँदै युभेन्टस शीर्ष स्थानमा
शनिबार, २३ मङ्सिर २०८०, ०६ : ५३
टुरिन । फेडरिको गाटीले गरेको एक मात्र गोलको मद्दतले साविक विजेता नापोलीलाई हराउँदै युभेन्ट्स इटालियन सिरिए एको शीर्ष स्थानमा उक्लिएको छ ।
गत शुक्रबार मोन्जाविरुद्ध निर्णायक गोल गरेका डिफेन्डरले नापोलीविरुद्ध पनि निर्णायक गोल गरे । ५१ औँ मिनेटमा क्याम्बियासोको क्रसमा हेडमार्फत उनले गरेका थिए ।
पहिलो हाफमा नापोलीले खेलमा नियन्त्रण बनाए पनि प्राप्त अवसरहरुलाई सदुपयोग गर्न सकेन । भिक्टर ओसिमहेनले खेल बराबरी गर्ने अवसर पाए पनि त्यसलाई खेर फालेका थिए ।
जीतपछि युभेन्टसले इन्टर मिलानलाई एक अङ्कले उछिनेको छ । १५ खेलबाट युभेको ३६ अङ्क रहेको छ । मिलानले एक खेल कम खेल्दै ३५ अङ्क बटुलेको छ । २५ अङ्कसहित नापोली पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण