दाइँ गर्न राखिएको धानमा आगजनी
रौतहट । रौतहटको फतुवाविजयपुर नगरपालिका-२ स्थित शीतलपुरमा दाइँ गर्न खलोमा राखिएको धानको भारीमा अज्ञात समूहले आगजनी गरेको छ । दाइँ गर्न तयारीमा राखिएको स्थानीय लक्ष्मीराय यादवको धानको भारीमा गए राति करिब ९ बजे आगजनी गरिएको हो।
आगलागीबाट झन्डै ४० क्विन्टल धान जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
यता वडाध्यक्ष सञ्जय यादवले नेकपा एमालेका कार्यकर्ता यादवको धानको भारीमा राजनीतिक पूर्वाग्रहका कारण आगजनी भएको दाबी गरेका छन् । राजनीतिक पूर्वाग्रहकै कारण गत वर्ष पनि वडा २ का एमाले सदस्य रामानन्द यादवको डेढ बिगाहाको धानको भारीमा आगजनी भएको वडा अध्यक्ष यादवको जिकिर छ ।
एक वर्ष बितिसक्दा पनि उक्त घटनाका अभियुक्त हालसम्म पक्राउ परेका छैनन् । आगजनी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण