बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दाइँ गर्न राखिएको धानमा आगजनी

आइतबार, २४ मङ्सिर २०८०, १० : ०१
आइतबार, २४ मङ्सिर २०८०

रौतहट । रौतहटको फतुवाविजयपुर नगरपालिका-२ स्थित शीतलपुरमा दाइँ गर्न खलोमा राखिएको धानको भारीमा अज्ञात समूहले आगजनी गरेको छ । दाइँ गर्न तयारीमा राखिएको स्थानीय लक्ष्मीराय यादवको धानको भारीमा गए राति करिब ९ बजे आगजनी गरिएको हो। 

आगलागीबाट झन्डै ४० क्विन्टल धान जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

यता वडाध्यक्ष सञ्जय यादवले नेकपा एमालेका कार्यकर्ता यादवको धानको भारीमा राजनीतिक पूर्वाग्रहका कारण आगजनी भएको दाबी गरेका छन् । राजनीतिक पूर्वाग्रहकै कारण गत वर्ष  पनि वडा २ का एमाले सदस्य रामानन्द यादवको डेढ बिगाहाको धानको भारीमा आगजनी भएको वडा अध्यक्ष यादवको जिकिर छ ।

एक वर्ष बितिसक्दा पनि उक्त घटनाका अभियुक्त हालसम्म पक्राउ परेका छैनन् । आगजनी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप