सिटीको जीतविहीन यात्रामा पूर्णविराम
सोमबार, २५ मङ्सिर २०८०, ०६ : ३३

म्यानचेस्टर । लुटनविरुद्ध पुनरागमन गर्दै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा चार खेलको जीतविहीन यात्रा अन्त्य गरेको छ । आइतबार एक गोलले पछि परेको स्थिति उल्टाउँदै सिटी २–१ गोलले विजयी बनेको हो ।
पहिलो हाफको अतिरिक्त समयमा इलिजा अडेबायोले लुटनलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै सिटी खेलमा फर्कियो । ६२ औँ मिनेटमा बर्नार्डो सिल्भाले बराबरी गोल गरे भने लगत्तै ज्याक ग्रिलिसले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए । क्लब करियरमा ग्रिलिसको यो ५० औँ गोल पनि थियो ।
यसअघि पेप ग्वार्डिओको नेतृत्वमा सिटी यति लामो समय जीतविहीन बनेको पहिलोपटक थियो । जीतपछि सिटी ३३ अङ्कसहित लिगको चौथो स्थानमा रहेको छ । लुटन भने ९ अङ्कसहित रेलिगेसन क्षेत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
-
समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री