सिटीको जीतविहीन यात्रामा पूर्णविराम
सोमबार, २५ मङ्सिर २०८०, ०६ : ३३
म्यानचेस्टर । लुटनविरुद्ध पुनरागमन गर्दै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा चार खेलको जीतविहीन यात्रा अन्त्य गरेको छ । आइतबार एक गोलले पछि परेको स्थिति उल्टाउँदै सिटी २–१ गोलले विजयी बनेको हो ।
पहिलो हाफको अतिरिक्त समयमा इलिजा अडेबायोले लुटनलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै सिटी खेलमा फर्कियो । ६२ औँ मिनेटमा बर्नार्डो सिल्भाले बराबरी गोल गरे भने लगत्तै ज्याक ग्रिलिसले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए । क्लब करियरमा ग्रिलिसको यो ५० औँ गोल पनि थियो ।
यसअघि पेप ग्वार्डिओको नेतृत्वमा सिटी यति लामो समय जीतविहीन बनेको पहिलोपटक थियो । जीतपछि सिटी ३३ अङ्कसहित लिगको चौथो स्थानमा रहेको छ । लुटन भने ९ अङ्कसहित रेलिगेसन क्षेत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण