गुडिरहेको बसमा युवतीमाथि बलात्कार
उत्तर प्रदेश । भारतको उत्तर प्रदेशबाट जयपुर आउँदै गरेको बसमा एक युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । यस घटनामा एक अभियुक्त पक्राउ परेका छन् । अर्का अभियुक्त फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो घटना गत हप्ताको हो । यो घटना डिसेम्बर ९ मा कानपुरबाट जयपुर आउँदै गरेको बसमा भएको थियो । दुवै अभियुक्तले युवतीलाई पालैपालो बलात्कार गरेको आरोप छ । जयपुरको कानोटामा राति अबेर बस रोक्न चालकको केबिनमा एक यात्रुले ढकढक्याएपछि घटना बाहिर आएको हो। पक्राउ परेका मोहम्मद आरिफलाई प्रहरीले शनिबार अदालतमा पेस गरी जेल चलान गरेको छ ।
उत्तर प्रदेशकी ती युवतीले जयपुरको कानोटा प्रहरी चौकीमा एफआईआर दर्ता गराएकी छिन् । बस्सीका एसीपी फूलचन्द मीनाले घटनाको अनुसन्धान गरिरहेका छन् । एसीपी मीनाले यस केसको बारेमा बीबीसीलाई भनिन्, ‘युवतीको मेडिकल जाँचपछि मजिस्ट्रेटसमक्ष १६४ बयान लिइयो। एक अभियुक्त ४२ वर्षीय मोहम्मद आरिफलाई गिरफ्तार गरिएको छ। फरार दोस्रो अभियुक्तको खोजी भइरहेको छ र उनको युपीस्थित घरमा छापा मारिएको छ।’
उनले भनिन्, ‘आरोपी दुवै चालक र उत्तर प्रदेशका बासिन्दा हुन्। दुवैले बसको चालकको छेउमा रहेको क्याबिनमा पालैपालो बलात्कार गरेका थिए।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण