बार्यनको जीतमा केनको कीर्तिमान
म्युनिख । ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले चौथो स्थानमा रहेको स्टुटगार्डलाई ३–० गोलले पराजित गर्न सफल भएको छ । योसँगै केन बुन्डेस लिगामा सबैभन्दा चाँडो २० गोल गर्ने खेलाडी बनेका छन् ।
केनले दोस्रो मिनेटमा नै लिरोय सानेको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । थोमस मुलर र किम मिन जेको गोल अफसाइड करार गर्दै रद्द गरिएपछि केनले दोस्रो हाफको ५५ औँ मिनेटमा दोस्रो गोल गरे ।
लिगमा आफ्नो १४ औँ खेलमा नै २० गोल पुरा गर्न सफल भएका हुन् । यसअघि ह्यामबर्गका उवे सिलरले सन् १९६३–६४ सिजनमा २१ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।
६३ औँ मिनेटमा किमले बायर्नको तेस्रो गोल गरे । टोलीका लागि उनको यो पहिलो गोल थियो । जीतपछि बायर्न ३५ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । आइतबार नै फ्रांकफर्टलाई ३–० गोलले हराएको बायर लेभरक्युजन ३९ अङ्कसहित शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण