बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रणबीर–दीपिकाको विवाह यसवर्ष टर्‍यो, नायकले खुलाए यस्तो कारण

सोमबार, २६ चैत २०७४, १० : २४
सोमबार, २६ चैत २०७४

केही दिनयता रणबीर सिंह र दीपिका पादुकोणको विवाहको चर्चाले बलिउड निकै तातेपनि रणबीर सिंहले भने यसलाई अफवाहको संज्ञा दिएका छन् । उनले दीपिकासँग यस वर्ष विवाह नहुने स्पष्ट कारण बताएका छन् ।

एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा रणबीरले यसो भनेका हुन् । विवाहको हल्लामा कुनै सत्यता नभएको बताउँदै रणबीरले भने, ‘जबसम्म मैले आधिकारीक रुपमा घोषणा गर्दिनँ तबसम्म यो खबर एक अफवाहबाहेक केही होइन । हाम्रो विवाह कुन दिन हुन्छ भनेर पनि म भन्न सक्दिनँ किनभने यो भविष्यको कुरा हो ।’

अहिले दुबैजना करियर बनाउन व्यस्त भएको बताउने रणबीरले दीपिका ढाड दुखाइको समस्याबाट पनि बिस्तारै बाहिर निस्किरहेको जानकारी दिए ।

‘यदि हाम्रो विवाहको मिती तय भयो भने तपाईंले मलाई कुनै बाल्कोनीबाट चिच्याइरहेको पाउनुहुनेछ,’ उनले भने ।

रणबीरले दीपिकासँगको विवाहको मिती तय नभइसकेको बताए पनि उनीसँगको विवाहलाई अस्विकार भने गरेका छैनन् ।

दीपिकाले एक अन्तर्वार्तामा विवाह उनको जीवनको एक महत्वपूर्ण पाटो भएकाले यसबाट टाढा जान नसक्ने बताउँदै उनले अब आफूलाई एक आमा र श्रीमतीको रुपमा हेर्न सक्ने बताएपछि दुबैको विवाहको चर्चा चुलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप