मन्त्री श्रेष्ठद्वारा थामी र हायु जातिलाई फाइवर सिरक वितरण
काठमाडौँ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सिन्धुलीका थामी र हायु जातिलाई न्यानो फाइबर सिरक वितरण गरेका छन् ।
मन्त्री श्रेष्ठले सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ को बस्तिपुरमा बसाेबास गर्दै आएका ९३ घर परिवार र मरिण गाउँपालिका वडा नं. ७ को गैरीगाउँमा बसोबास गर्दै आएका ५१ घर परिवार थामी जातिलाई न्यानाे ओढ्ने(फाइबर सिरक) वितरण गरेका हुन् । त्यस्तै कमलामाई नगरपालिका वडा नं. १ गुँरासे, कोप्चेमा बसोबास गर्दै आएका लोपोन्मुख १२० घर हायु जातिलाई पनि फाइबर सिरक वितरण गरिएको छ । मन्त्री श्रेष्ठले प्रति परिवार २ थानको दरले सम्बन्धित पालिकाका प्रमुख वा प्रतिनिधिको रोहवरमा ७ लाख रुपैयाँ बराबरको न्यानो ओढ्ने (फाइवर सिरक) वितरण गरिएकाे जानकारी दिए ।
उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले बस्तिपुरमा निर्माणाधीन थामी सङ्ग्राहलयलाई बागमती प्रदेश सरकारले सहयोग गर्ने र हायु जातिको सङ्ग्राहलय निर्माणको लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । साथै, स्कुल, बाटो, बिजुली, खानेपानीलगायतका भौतिक पूर्वाधार निर्माणका लागि बागमती सरकारले सक्दो सहयोग गर्ने वचन पनि दिए ।
मन्त्री श्रेष्ठले आफूले नेतृत्व गरिरहेको मन्त्रालयको बजेटमा अतिसिमान्तकृत लोपोन्मुख थामी र हायु जातिलाई न्यानो ओढ्ने सिरक वितरण गरेर उनीहरूको घरमा न्यानो भित्र्याउन पाएको भन्दै खुसी व्यक्त गरे । उनले बागमती प्रदेशको अन्य जिल्लामा बसोबास गर्दै आएका थामी, हायु जातिको अलवा अन्य बनकरियालगायतका अतिसिमान्तकृत र लोपोन्मुख जातिहरूलाई पनि यही जाडोमा न्यानो ओढ्ने सिरक वितरण गर्ने र उनीहरूको आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, राजनीतिक जीवनस्तर उकास्न बागमती प्रदेश सरकार लागि पर्ने कुरा पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण