घट्यो बासमती चामलको भाउ
काठमाडौँ । भारतीय बजारमा बासमती चामलको भाउ घटेको छ । लाल सागर भएर जाने ढुवानी जहाजहरूमा आक्रमणपछि भारतको बासमती चामलको निर्यात घटेसँगै घरेलु बजारमा मूल्य ५ देखि १० प्रतिशतसम्म घटेको हो ।
हाउथीहरूको आक्रमणबिच स्वेज नहरको बाटो भएर हुने ढुवानी बन्द गर्ने शीर्ष ढुवानी कम्पनीहरुको निर्णयका कारण रुस र युक्रेनबाट सूर्यमुखी तेलको आयात पनि प्रभावित बनेको छ । अन्तर्राष्ट्रिय बजारमा गएको एक हप्तामा सूर्यमुखी तेलको भाउ प्रतिटन ३० डलरले बढेको भएपनि भारतीय बजारमा भाउ ३ देखि ४ प्रतिशतसम्म घट्ने देखिएको ट्रेड इन्साइडरहरुले बताएका छन् ।
बासमतीको निर्यात घटेको र भारतबाट जेद्दाह, यमन, बेरुत र डर्बनतर्फ ढुवानीको लागत बढ्दा निर्यात प्रभावित भएको छ । लाल सागर संकट उत्पन्न हुनुअघि भने यमनतर्फ प्रतिकन्टेनर ढुवानी शुल्क ८५० डलर मात्रै लाग्थ्यो । तर अहिले यो लागत बढेर २ हजार ४०० डलरमा पुगेको बताइएको छ । जेद्दाहतर्फको ढुवानी खर्च पनि पाँच गुणा बढेर १ हजार ५०० डलर पुगेको छ । ढुवानी खर्चमा भएको वृद्धिका कारण निर्यात बजारका क्रेताहरुले खरिदारी नगरेको वा कम गरेको बताइएको छ । घरेलु स्तरमा चामलको आपूर्ति बढेर अहिले भाउ घटेको बताइएको छ ।
भारतले वार्षिक रुपमा ४० लाखदेखि ४५ लाख टनसम्म बासमती चामल निर्यात गर्ने गरेको छ । खाडी मुलुक भारतीय बासमती चामलको सबैभन्दा ठूला क्रेता हुन् । भारतले सीमापार बेच्ने कुल मध्ये ८० प्रतिशत चामल खाडी मुलुकमा जान्छ । डच शिपिङ कम्पनी मेयस्कले लाल सागरको बाटो भएर ढुवानी सुचारु गर्ने घोषणा गरेपछि मिति तोकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण