बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमिताभ बच्चन बनेर नयाँ शो मार्फत फर्किए सुनील

मङ्गलबार, २७ चैत २०७४, १३ : ०७
मङ्गलबार, २७ चैत २०७४

मुम्बई – लामो समयको प्रतिक्षा पछि दर्शकले कमेडियन सुनील ग्रोवरलाई शोमा देख्न पाएका छन् । उनी गत शनिबारबाट सुरु भएको वेब शो ‘दे धना धन’  मार्फत पर्दामा फर्किएका हुन् । कपिल शर्मा शोमा निकै रुचाइएका पात्र डा. महशुर गोलाटी बनेका सुनील यो शोमा शिल्पा शिन्देका साथ देखिएका छन् । 

सुनील र बिग बोस ११ की बिजेता शिल्पा शिन्देको नयाँ यो शो ‘दे धना धन’ दर्शकले निकै मन पराए । शोले दर्शकका लागि कमेडी र क्रिकेटको भरपुर डोज ल्याएको छ ।

शोका लागि अहिलेसम्म सकारात्क प्रतिक्रिया मात्र मिलिरहेको छ । यो शो जियो एपमा शनिबार ७ः ३० आउने गर्दछ । शोमा सुनील नक्कली अमिताभ बच्चनका रुपमा प्रस्तुत भएका छन् । 

सुनीलले शोको सुरुवात ‘देबियो और सज्जनो’बाट गर्ने गरेका छन् । शोमा उनको साथमा सुगन्धा मिश्रा लता मंगेश्कर बनेर देखिएकी छन् । शोमा अली अुगर पनि देखिएका छन् । जो ठाकुरको भुमिकामा देखिएका छन् ।

शोमा बाहुबलीका चर्चित पात्र कटप्पा पनि देखिए । जसले ‘जियो’ बाहुबली नारा लगाएका थिए । शोमा सुनील प्रोफेसर एलबिडब्लुको रुपमा समेत देखिएका थिए ।

युट्युवको भिडियो कमेन्ट बक्समा दर्शकले शो राम्रो रहेको कमेन्ट गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप