शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जाल नभए पनि विवादमा आइरहन्छन् रणवीर कपूर

शुक्रबार, १३ पुस २०८०, १४ : ५४
शुक्रबार, १३ पुस २०८०

नयाँ दिल्ली । रणवीर कपूर सधैँ हेडलाइनमा छाइरहन्छन् । अर्को शब्दमा भन्नु पर्दा उनी विवादित बनिरहन्छन् । 

रणवीर अफिशियल सामाजिक सञ्जालमा त छैनन् । न त उनी कुनै पोष्ट गर्छन् । न जे पायो त्यही बोली रहन्छन् । तर पनि बेलाबेलामा उनी विवादमा फसिरहन्छन् । हालै मात्र रणवीरको एनिमल फिल्म रिलिज भएको थियो । 

फिल्ममा उनले निर्वाह गरेको पात्र, डाइलग र बिहेवियर निकै विवादित भयो । कति त उनले निर्वाह गरेको पात्र रणविजयको साथसाथै रणवीर पनि टक्सिक भएको बताए । तर यस्तो विवाद रिल लाइफमा मात्रै सीमित छैन । एनिमल फिल्मलाई लिएर रणवीर कपुरको विवाद÷चर्चा सेलाएकै छैन । कपूर खानदानको क्रिसमस सेलिब्रेसनको एउटा घटनालाई लिएर रणवीर नयाँ समस्यामा फसेका छन् । 

फ्यामिली डिनरको बेलामा रणवीरले केक काट्दै ‘जय माता दि’को भनेका थिए । यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । भिडियोलाई हेरेर सर्वसाधारणको भावना आहत भयो । अभिनेताविरुद्ध उजुरी परेको छ । तर यस्तो पहिलो पटक भएको चाँहि होइन । रणवीरका यस्ता अनेकौँ विवाद छन् ।

महाकाल जान रोक

२०२२ मा रिलिज भएको ब्रम्हास्त्र फिल्ममा रणवीर पत्नी आलिया भट्टसँग ठूलो पर्दामा देखिएका थिए । यो फिल्म खुबै चर्चामा रह्यो । फिल्म प्रमोशनको बेलामा विवाद भयो । आलिया र रणवीर उज्जैनस्थित महांकाल मन्दिर दर्शन गर्न गएका थिए । कपूर जोडी भगवानको आर्सीवाद लिन जाँदै थिए, त्यति नै बेला रणवीरविरुद्ध जोरदार प्रदर्शन भयो । उनीहरुलाई मन्दिरमा जान दिइएन । प्रदर्शन यति उग्र भएको थियो कि निर्देशक आयान मुखर्जी एक्लै मात्र मन्दिरमा जान पाए । केही वर्ष अघि रणवीरले आफूलाई बिफ खान निकै मन पर्छ भनेर भनेका थिए । उनको यही अभिव्यक्तिका कारण विरोध भएको थियो ।

पाकिस्तानी अभिनेत्रीसँग स्मोकिङ

केही वर्ष पहिले सामाजिक सञ्जालामा रणवीरको एउटा फोटो निकै भाइरल भयो । पाकिस्तानी अभिनेत्री माहिरा खानसँग रणवीर चुरोट तानिरहेका थिए । २०१७ मा भाइरल यो फोटोले फिल्म जगतमा सनसनी मच्चाइदियो । रणवीर र माहिरा न्यूयोर्कको गल्लीमा स्मोक गरिरहेका देखिन्थे । यस अघि दुवै जनाले दुबईमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । दुवैको फोटो यसरी भाइरल हुनु अनि दुवैले सँगै बसेर चुरोट पिएको घटनाले उनीहरुबीच अफेयरको हल्ला व्यापक बनाइदियो ।  

धोखा दिएको आरोप

रणवीर कपुरको जीवन रोमान्सको कयौँ चरणबाट गुज्रिएको छ । उनका कयौँ गर्लफ्रेन्ड पनि रहे । आफूले सम्बन्धमा भएको बेलामा चिटिङ गरेको भनेर अभिनेता स्वयम्ले पनि कन्फेस गरेका छन् । सन् २००९ मा रणवीर दीपिका पदुकोणलाई डेट गर्दै थिए । दुवैको सम्बन्ध गम्भीर मानिएको थियो । कट्रिनाको कारण दुईबिचको सम्बन्ध बिग्रिएको मानिन्छ । कट्रिनासँग राजनीति फिल्ममा काम गर्दाखेरि उनीहरु प्रेममा परेको र दीपिकासँग ब्रेकअफ भएको बताइन्छ । एउटा पत्रिकासँगको कुराकानीमा रणवीरले आफूले चिट गरेको स्वीकारेका थिए । यो विषयमा पनि निकै विवाद भयो । सामाजिक सञ्जालमा रणवीरलाई ट्याग गरेर कयौँ प्रश्न उठाइए ।

आलियाप्रतिको कमेन्ट

रणवीरले इन्ष्टाग्रामको लाइभ सेसनमा आलियाबारे दिएको अभिव्यक्तिका कारण पनि उनी विवादमा फसेका थिए । आलिया त्यति बेला गर्भवति थिइन् । आलियाको बेबी बम्पलाई हेरेर रणवीर आलिया फैलिएको बताए । गर्भवति पत्निको लागि उनले ‘फैलाओड’ शब्द प्रयोग गरेको निटिजन्सलाई फिटिक्कै मन परेन । इन्टरनेटमा सनसनी फैलियो । युजरहरुले रणवीरलाई तथानाम गाली नै गरे । कुरा यति अगाडि बढ्यो कि रणवीरले स्पष्टीकरण नै दिनपर्यो । आफूले पत्नीलाई निकै माया गर्ने र जोकमा भनेको कुराको नतिजा राम्रो नआएको भन्दै उनले माफी नै मागे ।

आलियाले लिपस्टिक लगाएको मन नपर्ने

आलियाले एउटा मेकअप ह्याक लाइभ सेशन गरेकी थिइन् । यति बेला प्mयानसँगको कुराकानीमा उनले रणवीरलाई आफूले लिपस्टिक लगाएको मनै नपर्ने बताइन् । श्रीमानलाई आफ्नो नेचुरल लिप्स बढी मन पर्ने र लिपिस्टिक लगाएको देख्यो भने हटाउन लगाउने भन्ने आलियाको अभिव्यक्तिले सामाजिक सञ्जालमा हलचल नै मच्चायो । हरेकले रणवीरलाई टक्सिक भन्न थाले । रणवीरलाई कतिले त रियल लाइफको कबीर सिंह समेत भने । केही युजरले चाँहि आलियालाई तिमी डेन्जर जोनमा छौँ समेत भनिदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप