सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘दिलवाले दुल्हनिया ले जाएंगे’मा मागेर लगाएका थिए शाहरुखले लेदरको ज्याकेट

बिहीबार, २६ पुस २०८०, १३ : १७
बिहीबार, २६ पुस २०८०

नयाँ दिल्ली । शाहरुख खान र काजोलको ब्लकबष्टर फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’मा शाहरुख खानले लेदरको एउटा ज्याकेट लगाएका थिए ।  फिल्म रिलिज हुने बित्तिकै यो ज्याकेट निकै ट्रेन्डमा आएको थियो । शाहरुखले यो ज्याकेट लगाउने भनेर पहिलादेखि तय थिएन । ज्याकेट फिल्मको लागि डिजाइन गरिएकै थिएन । यो ज्याकेट फिल्म निर्माता आदित्य चोपडाका कान्छा भाइ उदय चोपडाको थियो ।

फिल्म निर्माण भइरहेको बेलामा उदय दाजुलाई निर्देशनमा सघाइरहेका थिए । एउटा गित शूट गर्दा शाहरुखलाई जाडो भयो अनि उनले उदयको ज्याकेट मागेर लगाए । ज्याकेट हिरोलाई यति सुहाइरहेको थियो कि निर्देशकले फिल्मको चर्चित गित ‘जरा सा झूम लु मे’ पूरै यही ज्याकेटमा शूट गरे । उदयले क्यालिफोनिर्याको हार्ले डेभिडसनको शोरुमबाट ४०० डलरमा ज्याकेट किनेका थिए । फिल्म रिलिज भएपछि प्योर लेदरबाट बनेको यो ज्याकेटको फेशन नै चल्यो ।

डीडीएलजे बिहाइन्ड द सिन शूट गर्ने पहिलो बलिउड फिल्म थियो । आदित्यलाई मेकिङ प्रडयूस अर्थात् बिहाइन्ड द सिन शूट थर्ने काम दिइएको थियो । उनी शूटिङ स्थलमा भिडियोग्राफर बनेर फिल्म बनिरहेका दृश्यहरु रेकर्ड गर्थे । पछि यसलाई फिल्मको प्रमोशनको काममा प्रयोग गरिएको थियो ।

दिलवाले दुल्हनिया ले जाएंगे सन् १९९५ को अक्टोबर २० मा रिलिज भएको थियो । आदित्य चोपडाको निर्देशन रहेको फिल्मको निर्माता यश जौहर थिए । फिल्ममा शाहरुख र काजोलबाहेक अनुपम खेर, अमरिश पूरी जस्ता कलाकारहरुको मुख्य भूमिका थियो । फिल्मले १० वटा फिल्मफेयर अवार्ड पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप