पृथ्वीनारायण शाहको दिव्योपदेश : विदेशी नाचगान नहेर्नू, शास्त्रबमोजिमको नेवारी नाच हेर्नू
पृथ्वीनारायण शाहको दिव्योपदेशमा तत्कालीन देश, काल, परिस्थिति र प्रवृत्तिको केही चित्र आएको छ । दिव्योपदेशमा उनले विदेशीहरुको नाचगान हेर्दा आफ्नो देशको भेद (गोप्य कुरा) र पैसा पनि बाहिरिने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘नजिकैको मुगलानमा छोकडा (अल्लारे ठिटा) र पत्रिया (पातर्नी) छन् । चित्रकार भरेका कोठामा ढोलक सितारका रागतानमा भुल्नन् । रागतानमा बडो ठूलो मोह हुन्छ र दौलथ पनि खोलिन्छ (रित्तिन्छ) । देशको भेद पनि तिनैले लैजान्छन् र हरिपले दगा गर्छ । रागको अभ्यास कसैले पनि नगर्नू ।’
ती जातलाई पहाडमा आवतजावत गर्न नदिन र फागुका बेला झिकाई चाँडै बिदाइ गर्न पनि उनले भनेका छन् । ‘आफ्ना सोख–सयललाई त शास्त्रबमोजिमको तीन सहर नेपालका नेवारहरूका नाच झिकाइहेरे हुन्छ,’ उनको दिव्योपदेश भन्छ, ‘यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ । यसो भए आफ्नो देश अगम (सुरक्षित) रहन्छ ।’
दिव्योपदेश उनकै भाषामा
उप्रान्तः मलाई यवटा कुराको संयह लागिरहेछ कुन्कुरो भन्या मुग्लाना नजिकै रहेछ तेस् जग्गामा छोकडा पत्रीया रयाछन । चित्रकार भन्याका कोठामा कोलक सितार रागतान्मा भुल्नन् । रागतान्मा बडो ठुलो मोहो हुन्छ र दवलथ पनि षोलिन्छ देसको भेद पनि तिनैले लैजान्छन् र हरिपले दगा गर्छ । रागको अभ्यास पनि कसैले नगर्नु । तिन जातलाई पाहाड आमफदरफ पनि कसैले नबोल्नु अथवा फागुलाई यक दुई गरी झिकी चाडै बिदा गराईदिनु र देसको भेद पनि पाउदैनन् । आफ्ना स्वषसयलेलाई ता सास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरुको नाच फिकाई हेया पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहन्छ । यस्व भया आफ्नु देस गमन् रहन्छ ।
प्रचलित नेपाली भाषाअनुसारको रूप
उप्रान्त मलाई एउटा कुराको सन्देह लागिरहेछ । कुन कुरो भने मुगलान नजीकै रहेछ । त्यस जग्गामा छोकडा (अल्लारे ठिटा) पत्रिया (पातर्नी) रहेछन् । चित्रकार भरेका कोठामा ढोलक सितारका रागतानमा भुल्नन् । रागतानमा बडो ठूलो मोह हुन्छ र दौलथ पनि खोलिन्छ (रित्तिन्छ), देशको भेद पनि तिनैले लैजान्छन् र हरिपले दगा गर्छ । रागको अभ्यास कसैले पनि नगर्नू । ती जातलाई पहाडमा आमफदरफ (आवतजावत) पनि कसैले नखोल्नू (गर्न नदिनू) अथवा फागुलाई एक दुई गरी झिकाई चाँडै बिदा गराइदिनु र देशको भेद पनि पाउँदैनन् । आफ्ना सोख–सयललाई त शास्त्रबमोजिमको तीन सहर नेपालका नेवारहरूका नाच झिकाई हेरे पनि हुन्छ । यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ । यसो भए आफ्नो देश अगम (सुरक्षित) रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण