यू–१९ विश्वकप : अमेरिकामाथि आयरल्याण्डको शानदार जीत
शनिबार, ०६ माघ २०८०, ०९ : ४१
काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । समूह ए अन्तरगत अमेरिकाले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य आयरल्याण्डले मात्र २२.५ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।
आयरल्याण्डलाई जीत दिलाउन ओपनर रायन हन्टरले नटआउट रहँदै अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ५० रन बनाए । त्यस्तै, कियान हिल्टन र कप्तान फिलिपस ले रक्सले २३–२३ रनको योगदान दिए । अमेरिकाका लागि आर्या गर्गले ३ तथा कुश भलालाले १ विकेट हात पारे ।
यसअघि रुबेन विल्सन र ओलिभर राइलीले घातक बलिङ गरेपछि अमेरिका ४०.२ ओभरमा १ सय ५ रनमा समेटिएको थियो । आयरल्याण्डका लागि जोन म्याकनेलीले २ विकेट लिए । उता अमेरिकाका लागि कुश भलालले २२ रन, पार्थ पटेलले १३ रन र अमोघ अरेपालीले ११ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण