शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्नी र पूर्वप्रेमिकाको बिचमा रणवीर फसेपछि...

मङ्गलबार, ०९ माघ २०८०, १६ : ५४
मङ्गलबार, ०९ माघ २०८०

नयाँ दिल्ली । सोमबार अयोध्यामा राम मन्दिरमा भगवान् रामको बालक प्रतिमूर्तिको प्राण प्रतिष्ठा भयो । सो समारोहमा ठूलो संख्यामा दर्शनार्थीहरु आएका थिए । 

दिग्गज व्यापारीहरु, अभिनेता–अभिनेत्री समेत देशविदेशभरबाट पनि मानिसहरु उक्त ऐतिहासिक समारोहको साक्षी बन्न पुगेका थिए । सो समारोहमा भारतीय फिल्म उद्योगका २५ जना सेलिब्रेटीहरु पनि पुगेका थिए । यसमा दुई जोडी भने रियल लाइफ कपल थिएः आलिया भट्ट र रणवीर कपूर अनि कट्रिना कैफ र विक्की कौशल ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर उद्घाटनको भाषण दिएपछि सेलेब्सहरु पनि भगवान् रामको दर्शनका लागि लाइनमा लागेका थिए । यति बेला निकै भिड थियो । रामको पहिलो दर्शनका लागि मानिसहरुमा हानाथाप देखिन्थ्यो । यति बेला रणवीर भने अर्कै पीरमा थिए । भिडबिच पत्नी आलियालाई समात्दै उनी हिँडिरहेका थिए । यतिबेला सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा रणवीर र आलिया दुबै लाइनमा देखिन्छन् । दुबै जना बिस्तारै बिस्तारै अगाडि बढिरहेका छन् ।

आलिया आफ्नो फिल्म ‘आरआरआर’ लूकमा थिइन् । रणवीरको अगाडि आलिया छिन् । रणवीरले आलियालाई पछाडिबाट समातेका छन् । भिडमा बिस्तारै अघि बडिरहेका छन् । आलियाको अगाडि अभिनेत्री माधुरी दिक्षित र उनको पति श्रीराम नेने छन् । यहाँ रोचक कुरा चाँहि के देखियो भने लाइनमा रणवीरको पछाडि कट्रिना छिन् । कट्रिना र रणवीरको बिचमा निकै ग्याप देखिन्छन् । कट्रिनालाई छोइएला कि भनेर रणवीर बेला बेलामा पछाडि फर्र्किएर हेरिरहेका छन् ।

भिडियो हेर्दा अभिनेता आफ्नी पूर्वी प्रेमिकालाई छोइएला कि भनेर हेरेको जस्तो देखिन्छ । कट्रिनाको पछाडि उनको पति विक्की कौशल छन् । विक्की लाइनमा कट्रिनालाई समातेर उभिएका छन् । 

रणवीर र आलियाले सन् २०२१ मा बिहे गरेका थिए । सोही वर्ष नोभेम्बरमा यी दुईको छोरी जन्मिएकी थिइन् । आलियासँग सम्बन्धमा रहनु अघि रणवीर कट्रिनासँग अफेयरमा थिए । दुबैको सिक्रेट लोकेशनमा बिदा मनाएको तस्बिरहरु भाइरल भएका थिए । कट्रिनाअघि भने रणवीरको दीपिका पादुकोणसँग अफेयर रहेको बताइन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप