प्रहरी पार्ट–टाइम लुटेरा बनेपछि...
ढाका । गएको वर्ष जनवरी २३ मा दुबईबाट ढाका विमानस्थलमा अब्दुल्लाह मुन्शी ओर्लिए । राति ११ बजे उनी अटो रिक्सा चढेर खलिगाउँस्थित आफ्नो भाइको घरमा गए ।
अटो रिक्सा बनानीमा रहेको सैनिक रंगशालामा आइपुग्दै गर्दा पछाडिबाट माइक्रोबस आएर बाटो छेक्यो । चार जना माइक्रोबसबाट ओर्लिए र आफूहरू प्रहरी हुँ भन्दै अटो रिक्सा रोक्न संकेत गरे । उनीहरुले अब्दुल्लाहलाई रिक्साबाट तानेर बाहिर ल्याए ।
दुवै हातमा हतकडी लगाएर उनलाई माइक्रोबसमा हाले । आँखामा पट्टी बाँधे र कुटपिट गर्न थाले । उनीसँग भएको दुई ओटा गोल्डबार, गहना, फोन र ल्यापटप लुटेपछि उनलाई छाडिदिए ।
प्रहरीले यस मामिलाबारे छानबिन गर्दा लुटेराहरु प्रहरी हवलदारहरु भएको खुलासा भयो । यो मामिला अदालतसम्म पुग्यो । अदालतमा चारै जनाले आफूले गरेको अपराध स्वीकार गरे ।
बंगलादेशमा पछिल्लो समय यस्ता अनेकौँ घटनाहरु घटिरहेका छन् । गएको ६ महिनामा मात्रै बनानी, विमानस्थल र उत्तर पश्चिम प्रहरी थानाले प्रहरी कर्मचारी संलग्न ६ ओटा घटनाबारे छानबिन गरेको छ । यस्ता घटनामा प्रहरी कर्मचारीहरु मात्रै होइन अध्यागमनका अधिकारी र सानातिना अपराधीहरु पनि संलग्न रहेको पाइएको छ ।
यो समूहले खासगरी विदेशबाट काम गरेर फर्किएका बंगलादेशीहरुलाई निशाना बनाएर उनीहरुको साथमा रहेको सुन लुटेर बहुमूल्य धातु भारत तस्करी गर्ने गरेको पाइएको छ । सन २०२३ को पहिलो ९ महिनामा ३०४ जना प्रहरी कर्मचारीहरुहरु विरुद्ध लुटपाटको मामिलामा कम्तीमा ३१८ ओटा घटनाहरु दर्ता भएका छन् ।
यस मामिलामा देशभरबाट ७९ जना पक्राउ परेका छन् । सन् २०२२ मा पनि १ हजार ७३१ प्रहरी कर्मचारीहरुलाई विभागीय कारबाही गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण