सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आज दिनभरका शीर्ष समाचार

बुधबार, १० माघ २०८०, २० : ३२
बुधबार, १० माघ २०८०

आज २०८० माघ १० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • बजेटको ढाँचा

अर्थमन्त्री डा. प्रकाशशरण महतले रातोपाटीसँगको अन्तर्वार्ताका क्रममा आगामी आर्थिक वर्षको बजेटको ढाँचा नै परिवर्तन गर्न तयार रहेको बताएका थिए । उनले सबै निकायले सहजीकरण गर्दै साथ र सहयोग गरेमा अर्थतन्त्रको रूपरेखा नै बदल्ने खालको बजेट ल्याउन तयार रहेको बताएका थिए ।

  • प्राविधिक विश्वविद्यालय 

सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी अगाडि बढाएको छ । प्राविधिक विश्वविद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन तथा ऐन निर्माणको पूर्वतयारीमा रहेको प्रदेश सरकारले प्रदेशस्थित स्थानीय तह, सम्बन्धित विषय विज्ञ, राजनीतिक दल लगायतसँग यसबारे छलफल थालेको हो ।

  • त्यो भारदारी सभा, यो राष्ट्रिय सभा

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (माघ ११ गते) सम्पन्न हुने यो चुनावसँग जोडिएका साना–ठूला भनिएका राजनीतिक दलका नेता कोही खुसी छन् त कोही दुःखी । खुसी या दुःखीको नाम चर्चा गरेर कसैलाई मान या अपमान गरिरहन जरुरी भएन । खुसी ती छन्, जसले दलका नेताको ‘आशीर्वाद’बाट उम्मेदवार बन्न पाए ।

  • यातायात सुधार सुझाव कार्यदलकाे प्रतिवेदन

सवारी नियमनमा संघ र प्रदेश सरकारबिच समन्वयको अभाव देखिएको छ । यातायात सुधार–सुझाव कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रदेश अन्तर्गतका यातायात कार्यालयहरूले सवारी दर्ता तथा नवीकरण गरे पनि राष्ट्रियस्तरमा सवारीसम्बन्धी स्पष्ट अभिलेख नराएको उल्लेख गरिएको छ । 

  • मुख्यमन्त्रीहरुको पारिश्रमिक

 मुलुक संघीय संरचनामा गएलगत्तै संघीयता विरोधीहरुले प्रदेश संरचनाको विरोध गर्न थाले । प्रदेश संरचना खर्चिलो भएको उनीहरुको तर्क छ । स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याए प्रदेश संरचना नै नचाहिने तर्क अहिले पनि बेलाबखत सुन्ने गरिन्छ ।

  • महानगरविरुद्ध व्यापारी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध एकै दिन दुई स्थानमा आन्दोलन भएका छन् । बुधबार मेयर बालेनको निर्णयविरुद्ध काठमाडौँको प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड र काठमाडाँै महानगरपालिकाको कार्यालय रहेको कमलादीमा आन्दोलन भएका हुन् ।  

  • सन्दर्भ : गजेन्द्रनारायण स्मृति दिवस

नेपाल सद्भावना पार्टीका संस्थापक नेता स्व.गजेन्द्रनारायण सिंहको आज २२औँ स्मृति दिवस मनाइँदै छ । २०५८ माघ १० गते हृदयाघातका कारण काठमाडौँमा उनको निधन भएको थियो ।

  • भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्व प्रबन्धक निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

  •  लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको छ महिना १ अर्ब ५३ करोड रुपैयाँ लाभांशको रूपमा बाहिरिएको छ । फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) को रूपमा भित्रिएका विदेशी कम्पनीहरूको लगानीबाट खुलेका कम्पनी, उद्योग तथा फर्महरूमार्फत पुस मसान्तसम्म कूल १ अर्ब ५३ करोड ६५ लाख ३० हजार रुपैयाँ मुनाफा बाहिरिएको उद्योग विभागले जनाएको हो । 

  • बूढीगण्डकी जलविद्युत्

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गो लागेको छ । सरकारले हालसम्म मुआब्जालगायतका शीर्षकमा खर्च गरेको रकमलाई छुटाउँदा आयोजनाको कूल लागत रु तीन खर्ब दुई अर्ब ५८ करोड बराबर रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप