राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा मन्त्री रमेश धामीले हाले पहिलो मत

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान बिहीबार सुरु भएको छ । प्रदेशका उधोग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् ।
तीन पदका लागि हुन गइरहेको निर्वाचनको मतदान बिहान ९ देखि ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए । मतदान प्रदेश सभा परिसरमा जारी छ जसको लागि एक वटा मतदान स्थल र दुई वटा मतदान केन्द्र तोकिएको छ ।
‘क’ मतदान केन्द्रमा प्रदेश सभा सदस्यहरुको लागि बनाइएको छ भने ‘ख’ मतदान केन्द्र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको लागि बनाइएको सहायक निर्वाचन अधिकृत भट्टले बताए । यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका प्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् ।
को–को छन् उम्मेदवार ?
यहाँ नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिएपछि रिक्त हुने ३ स्थानको लागि निर्वाचन भइरहेको हो ।
यहाँ सत्तारुढ दल नेपाली कांग्रेसबाट अन्य कलस्टरबाट कञ्चनपुरका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट कैलालीका नारायणदत्त भट्ट उम्मेदवार छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट महिला कलस्टरबाट बैतडीकी रेणु चन्द उम्मेदवार बनेकी छिन् ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अन्यतर्फ कञ्चनपुरकी ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’
-
पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
-
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
-
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
-
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’