राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा मन्त्री रमेश धामीले हाले पहिलो मत
काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान बिहीबार सुरु भएको छ । प्रदेशका उधोग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले पहिलो मत खसालेका छन् ।
तीन पदका लागि हुन गइरहेको निर्वाचनको मतदान बिहान ९ देखि ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए । मतदान प्रदेश सभा परिसरमा जारी छ जसको लागि एक वटा मतदान स्थल र दुई वटा मतदान केन्द्र तोकिएको छ ।
‘क’ मतदान केन्द्रमा प्रदेश सभा सदस्यहरुको लागि बनाइएको छ भने ‘ख’ मतदान केन्द्र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको लागि बनाइएको सहायक निर्वाचन अधिकृत भट्टले बताए । यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका प्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् ।
को–को छन् उम्मेदवार ?
यहाँ नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिएपछि रिक्त हुने ३ स्थानको लागि निर्वाचन भइरहेको हो ।
यहाँ सत्तारुढ दल नेपाली कांग्रेसबाट अन्य कलस्टरबाट कञ्चनपुरका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट कैलालीका नारायणदत्त भट्ट उम्मेदवार छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट महिला कलस्टरबाट बैतडीकी रेणु चन्द उम्मेदवार बनेकी छिन् ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अन्यतर्फ कञ्चनपुरकी ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण