राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा मतदान सुरु
सुर्खेत। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सुरु भएको छ । बिहान नौ बजेदेखि नै मतदान सुरु भएको हो ।
मतदानमा लागि प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधि प्रदेश निर्वाचनको कार्यालय बाहिर सहभागी छन्। मतदानका लागि दुईवटा मतदान केन्द्र राखिएको छ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।
यो मध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार सङ्ख्या छ । यो भनेको एमालेको भन्दा तीन गुणाले बढी हो । एमालेको मतभार सङ्ख्या एक हजार १९५ मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण