शाहरुख खानले छोरी सुहानासँग काम गर्न मानेनन्
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खान र उनकी छोरी सुहाना खानबारे लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । बाबुछोरी एकै साथ ठुलो पर्दामा देखिन सक्ने खबरहरू आइरहेको थियो । तर यी अडकलमा नयाँ ‘ट्विटष्ट’ आएको छ । पछिल्लो खबरका अनुसार शाहरुख खानले छोरीसँग ठुलो पर्दामा काम गर्न मानेनन् ।
आफूसँग छोरीको अनुचित रूपमा तुलना हुने स्थिति आउन नदिन शाहरुखले फिल्म अस्वीकार गरेको बताइएको छ । सूत्रलाई उद्धृत गर्दै टाइम्स नाउ न्यूजमा छापिएको एउटा समाचारका अनुसार शाहरुखले फिल्म खेल्न नमानेपछि सुजोय घोषले आफ्नो प्रोजेक्ट बन्दै गरेका छन् । सुहानाले आफ्ना पितासँग नजोडिएको अरू नै कुनै प्रोजेक्ट खोज्नु पर्ने भएको छ ।
यस अघिका समाचारहरूमा शाहरुख र सुहानाको फिल्मको छायांकन यही वर्ष जनवरीमा सुरु हुनेवाला थियो । शाखरुख पनि छोरीसँग क्यामरामा देखिन उत्सुक रहेको सुन्नमा आएको थियो । फिल्म एक्सन थ्रीलर हुने बताइएको थियो । तर शाहरुख र उनको छोरीलाई सँगै पर्दामा हेर्ने दर्शकको प्रतीक्षा तुहिएको छ । गएको वर्ष शाहरुखका तीन वटा फिल्म रिलिज भएका थिए । तीनै ओटा फिल्मले बक्स अफिसमा शानदार कमाई गरेको थियो । यतिबेला शाहरुखको हातमा कुनै पनि नयाँ प्रोजेक्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण