‘कसैले पाइन्ट नउतारोस् भन्ने चाहन्छौ भने मोडल नबन’
कार्ल लजेरफेल्ड, च्यानल एण्ड फेन्डीका क्रियटिभ डिरेक्टरको एक विवादास्पद बयानले फेसन जगतमा सनसनी मच्चाएको छ । ती डिजाइनरले मोडलमाथि गरिने यौनहिंसाबारे विवादास्पद बयान दिएका हुन् ।
न्यूमेरो म्यागजिनलाई दिइएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि कोही मोडललाई आफ्नो पाइन्ट उतार्न मन लाग्दैन भने उनीहरुले यो जागिर त्यागिदिए हुन्छ ।’
‘यस्तो गर्न नचाहने मोडल मठमन्दिर गए हुन्छ,’ उनको भनाई थियो ।
मोडलिङको क्षेत्रमा भइरहेको हिंसाविरुद्ध आवाज उठाउन सोसल मिडियामा MeToo ह्यासट्यागको एउटा क्याम्पेन गत वर्षदेखि संचालनमा छ । उक्त क्यापेनको साहारामा थुप्रै महिलाले आफूलाई साथ नदिनेहरु विरुद्ध यौन हिंसाको झुटो आरोप लगाइरहेको उनले दाबी गरेका छन् ।
कार्लले उक्त अन्तर्वार्तामा मोडलको बचाउका लागि अपनाइएको नियमको पनि तिखो आलोचना गरेका छन् । यो नियम विशेषगरी स्टूडियोमा फोटो सेसनका लागि बनाइएको छ । उनी भन्छन्, ‘फोटोग्राफरले पोज लिनुपूर्व मोडललाई ‘तपाईं सहज हुनुहुन्छ कि हुँदैन ?’ भनेर सोध्नुपर्ने बारे मैले पढें । यदि मोडललाई आफ्नो पाइन्ट उतार्न समस्या भइरहेको छ भने उनीहरु मोडलिङमा आउनुको साटो मठ–मन्दिर जानुपर्छ । उनीहरुलाई त्यहाँ कुनै पनि समस्या हुँदैन । वास्तवमा, उनीहरुले जागिर पनि दिइरहेका छन् ।’
लजेरफेल्डले भने – मैले टेम्पलरको बचाउ गरिरहेको छैन
अन्तर्वार्तामा कार्ल लजेरफेल्डले आफूले कार्ल टेम्पलरको बचाउ नगरेको स्पष्ट पारेका छन् । कार्ल टेम्पलरले गत फेब्रुअरीमा अनुमती बिना एक मोडलको अन्डरवेयर तानेका थिए । उनी न्यूयोर्कका फेसन स्टाइलिस हुन् ।
को हुन् कार्ल लजेरफेल्ड
८४ वर्षीय लजेरफेल्ड जर्मन क्रिएटिभ डायरेक्टर, आर्टिस्ट र फोटोग्राफर हुन् । उनी सन् १९५८ देखि लगातार फेसन उद्योगमा संलग्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण