सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वेस्ट ह्यामको पोष्टमा आर्सनलको आधा दर्जन गोल

सोमबार, २९ माघ २०८०, ०९ : ३१
सोमबार, २९ माघ २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा उपाधि होडमा रहेको आर्सनलले वेस्ट ह्याममाथि गोल वर्षा गरेको छ । आर्सनलले आइतबार राति खेलिएको खेलमा वेस्ट ह्यामलाई उसैको घरेलु मैदानमा ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।

जितसँगै आर्सनलले आफूलाई उपाधि होडमा कायमै राखेको छ । एकपक्षीय खेलमा आर्सनलका लागि बुकायो साकाले दुई गोलको योगदान गरे । आर्सनलले खेलको पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेल सुरु भएको ३२औँ मिनेटमा आर्सनलका लागि विलियम सालिबाले पहिलो गोल गरेका थिए । ४१औँ मिनेटमा बुकायो साकाले टोलीको अग्रता दोब्बर बनाएका थिए । ४४औँ मिनेटमा ग्याब्रियलले टोलीका लागि तेस्रो गोल गरेका थिए ।

यसैगरी पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा आर्सनलका लागि लेन्ड्रो ट्रोसार्डले टोलीका लागि चौथो गोल गरेका थिए । खेलको ६३औँ मिनेटमा बुकायो साकाले ब्यक्तिगत रुपमा दोस्रो गोल थपेपछि आर्सनल ५–१ ले अगाडि बढेको थियो ।

यसैगरी ६५औँ मिनेटमा आर्सनलका लागि डेक्लनले छैटौँ गोल गरेका थिए । हालसम्म २४ खेल खेलेको आर्सनल ५२ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।

खमान खेलबाट ५४ अङ्क जोडेको लिभरपुल पहिलो र २३ खेलबाट ५२ अङ्क बटुलेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छन् । वेस्ट ह्याम भने २४ खेलबाट ३६ अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप