आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
जिल्ला अधिवेशन

सुदूरपश्चिममा एमालेका तीन गुट

गुटबन्दीकै कारण कैलाली अधिवेशन लम्बियो
मङ्गलबार, ०८ फागुन २०८०, १६ : २३
मङ्गलबार, ०८ फागुन २०८०

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेभित्र गुटबन्दी मौलाएको छ । प्रदेश अधिवेशन हुँदै जिल्ला अधिवेशनसम्म आइपुग्दा चरम गुटबन्दी देखिएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन गत असोजमा भएको थियो । सुदूरपश्चिम एमालेभित्र यतिबेला स्पष्ट रुपमा तीन खेमा दिएको छ । सुदूरपश्चिम प्रदशेमा एमाले केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा र पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी खेमाबिच शक्ति संघर्ष देखिएको हो ।

सुदूरपश्चिममा जिल्ला अधिवेशन हुँदै गर्दा यी तीनै समूह सक्रिय देखिएका छन् । फागुन ६ गते पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच कैलाली जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।

कैलाली जिल्लाको नेतृत्वका लागि तीन वटै गुटले आ–आफ्नो उम्मेदवार अघि सारेका छन् । अध्यक्षका आकांक्षी दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नारायणमुनि रानाको साथ छ । अर्का आकांक्षी यज्ञराज ढुङ्गानालाई सुदूरपश्चिमका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीको साथ रहेको बताइएको छ ।

गुटबन्दीका कारण एमाले कैलाली अधिवेशन लम्बिएको छ । सहमतिको प्रयास भन्दै अधिवेशन लम्ब्याएको एमालेका एक नेताले बताए ।

सुदूरपश्चिमका अन्य जिल्लामा पनि यिनै गुट सक्रिय देखिएका छन् । हालसम्म सुदूरपश्चिम अन्तर्गत दार्चुला जिल्ला अधिवेशन मात्रै सम्पन्न भएको छ ।

ओलीको निर्देशनकै बेवास्ता

पार्टी अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर उनी कार्यक्रमबाट ओझेल हुने बित्तिकै गुटबन्दी उत्कर्षमा पुगेको हो ।

कैलाली अधिवेशन उदघाटन गर्दै ओलीले सहमतिबाट टुङ्ग्याएको उम्मेदवारलाई आफ्नो समर्थन रहने बताएका थिए । उनले सहमति जुट्न नसके सोमबार बिहानैबाट निर्वाचन अगाडि बढाउन निर्देशन दिएका थिए ।

UMl Kailali adhibeshan

उनले भनेका थिए, ‘भरसक सहमति गर्नुहोस् । सबैले एउटै उम्मेदवार बनाउनुहोस् । मेरो पनि त्यही हो । मिल्न सक्नु भएन भने विलम्ब नगरीकन, यो दुई दिन चार दिन लगाउने होइन । रातभरिमा मिल्छ भने मिल्छ । मिल्दैन भने भोलि बिहानबाट चुनाव गर्नुहोस् खुरुखुरु ।’

ओलीले दिएको सो निर्देशनलाई प्रदेशस्तरका नेताहरुले बेवास्ता गरेका हुन् ।

अध्यक्षका उम्मेदवार समेत रहेका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले मंगलबारदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने र सर्वसम्मतको प्रयास पनि जारी राख्ने बताए पनि यो समाचार तयार पार्दासम्म नेतृत्वका लागि सहमति जुट्न सकेको छैन ।

५ पदका लागि ५३ जनाको दाबी

नेकपा एमाले कैलालीको अध्यक्षमा तीन जनासहित कुल पदाधिकारीमा ५३ जनाले इच्छा पत्र दर्ता गराएका छन् । फागुन ४ र ५ गने आकांक्षी बिचमा सहमति खोज्ने भनिएको थियो ।

अध्यक्षमा जोशी, पाण्डे र ढुंगानाले दाबी पेस गरेका छन् भने उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।

सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी १२ जनाले दाबी गरेका छन् ।

दुई उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।

त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप