शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीमा खस्दै छ ‘बाजे भूउपग्रह’

बुधबार, ०९ फागुन २०८०, १० : ५८
बुधबार, ०९ फागुन २०८०

लन्डन । युरोपको एउटा पुरानो भूउपग्रह पृथ्वीमा खस्दै छ । आगामी केही घण्टाभित्रै अर्थ रिमोट सेन्सिङ (ईआरएस) भूउपग्रह खस्ने बताइएको छ । यो सेटलाइटलाई सन् १९९५ मा लन्च गरिएको थियो । त्यति बेदा यो कटिङ–एज भूउपग्रह थियो । यसलाई 'बाजे भूउपग्रह' पनि भन्ने गरिएको छ ।

सन् २०११ मा सञ्चालन बन्द भएयता यो भूउपग्रह बिस्तारै बिस्तारै पृथ्वीतिर खसिरहेको छ । बुधवार कुनै बेला यो पृथ्वीको वायुमण्डलभित्र छिर्ने बताइएको छ । यो भूउपग्रह साढे २ टनको छ । युरोपेली अन्तरिक्ष एजेन्सी (ईसा)का अनुसार यसको अधिकांश हिस्सा जल्नेछ । तर यसको केही हिस्सा बाँकी रहने सम्भावना भएको बताइएको छ । तर यसको टुक्राटाक्री मानव बस्ती भएको क्षेत्रमा खसेर क्षति गराउने सम्भावना भने न्यून रहेको बताइएको छ । भूउपग्रह समुद्रमा खस्ने अनुमान गरिएको छ ।

पृथ्वीको वायुमण्डल वा सतहमा पुनः प्रवेश गर्ने तत्त्वहरू रेडियोएक्टिभ वा विषाक्त हुन सक्ने इसाको अर्थ अब्जर्भेशन ग्राउन्ड सेगमेन्ट डिपार्टमेन्टका मिर्को अल्बानीले भने । सन् १९९० को दशकमा ईसाले लगभग उस्तै खालका दुई ओटा ईआरएस लन्च गरेको थियो । यी दुवै आफ्नो समयका सबैभन्दा परिष्कृत भूउपग्रहहरू थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप