उत्तर कोरियाले अपहरण गरेकी नायिकाको मृत्यु
बुधबार, ०५ वैशाख २०७५, ०९ : १८
एक पटक उत्तर कोरियाको अपहरणमा परेकी दक्षिण कोरियाली नायिकाको ९१ वर्षको उमेरमा निधन भएको छ ।
चोई इउन ही दक्षिण कोरियाकी निकै चर्चित नायिका थिइन् जब उनलाई किम जोंग इलले सन् १९७० को दशकमा अपहरणका लागि आदेश दिए । उनलाई जबर्जस्ती उत्तर कोरियाका लागि फिल्म बनाउन लगाइन्थ्यो ।
उनका फिल्म निर्देशक पूर्व श्रीमानलाई पनि केही महिनापछि अपहरण गरिएको थियो । यद्यपी, ती दुई पछि भाग्न सफल भए ।
यद्यपी, उत्तर कोरियाले यो जोडीलाई अपहरण गरेको भनी कहिले स्विकार गरेन । यी दुईले उत्तर कोरियामा शरण लिएको बताइयो ।
चोईको गत सोमबार दक्षिण कोरियाको एक अस्पतालमा मृत्यु भयो । यसबारे उनका जेठो छोरा, फिल्म निर्देशक सिन जियोङ ग्यूनले योनह्यापलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण