केन्यामा २०३२ सम्म १५ अर्ब रूख राेपिने
बुधबार, १६ फागुन २०८०, १७ : ४९
काठमाडौँ । केन्याकी प्रथम महिला राहेल रुटोले केन्याको राजधानी नैरोबीमा रहेको एकमात्र बन्द क्यानोपी जंगलमा ल्याण्डस्केप र इकोसिस्टम पुनःस्थापना रणनीति सुरु गर्नुभएको छ ।
देशव्यापी थप ५० करोड रूखहरू रोप्ने लक्ष्य राखिएको बताइएको छ । नैरोबीमा संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलन (युएनइए–६) को छैटौँ सत्रसँग मिल्दोजुल्दो यो प्रक्षेपणले सन् २०३२ सम्ममा १५ अर्ब रूख रोप्ने सरकारी प्रयासलाई पूरक बनाउने बताइएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले सन् २०२३ मा १५ अर्ब रूख रोप्ने अभियान सुरु गरेका थिए । हरितगृह ग्यास उत्सर्जन घटाउने, ५.१ मिलियन हेक्टेयर बिग्रिएको परिदृश्य पुनःस्थापना गर्ने र ३० प्रतिशत रूखले राज्य ढाक्ने राज्यको प्रतिबद्धता रहेको छ ।
वृक्षारोपणलाई गति दिन सरोकारवाला सबैको कुरा सुनेर अघि बढ्ने उनको भनाइ छ । - न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण