डब्ल्यूपीएल : युपी वारियर्सको जित, मुम्बईको पहिलो हार
काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा युपी वारियर्सले पहिलो जित निकाल्दा मुम्बई इन्डियन्सले पहिलो हार व्यहोरको छ । बुधबार राति भएको खेलमा १६२ रनको लक्ष्य युपीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित निकालेको हो ।
मुम्बई इन्डियन्सकी नियमित कप्तान हरमनप्रीत कौर र तीव्र गतिकी बलर शबनम इस्माइल घाइते भएका कारण नखेल्दा त्यसको फाइदा युपीले मज्जाले उठायो । पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
युपी वारियर्सकी कप्तान एलिसा हिलीले टस जितेर पहिले बलिङ रोजेकी थिइन् । तर, मुम्बईका ओपनर यास्तिका भाटिया (२६ रन) र हेली म्याथ्युज (५५ रन)ले ५० रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात गराए भने दोस्रो विकेटका लागि पनि हेली म्याथ्युज र कप्तान नेट सिभरबीच बलियो साझेदारी भएको थियो ।
ब्रन्ट (१९ रन) सँग ४२ रनको साझेदारी भयो । मध्यक्रममा मेलिया केरले २३ रन, पूजा वस्त्राकारले १८ रन र इज्जी वोङले १५ रनको महत्त्वपूर्ण इनिङ्स खेल्दै टोलीको स्कोर १५० भन्दा माथि पुर्याइन् । युपीका लागि सबै पाँच जना बलरले एक एक विकेट लिए ।
१६२ रनको चुनौतीपूर्ण लक्ष्य यूपीका ओपनिङ ब्याटरले सानो साबित गरेका थिए । यस प्रतियोगितामा एलिसा हिलीसँगै पहिलो पटक ओपनिङमा आएकी किरण नवगिरेले तुफानी शैलीमा ब्याटिङ गरिन् । दुवै ब्याटरले पहिलो विकेटका लागि ९४ रन जोडे । किरण नवगिरेले ३१ बलमा ६ चौका र ४ छक्का सहित ५७ रन बनाइन् भने एलिसा हिलीले ३३ रनको महत्त्वपूर्ण इनिङ्स खेलिन् ।
पहिलो विकेट गुमेपछि युपीले अर्को विकेट तुरुन्तै गुमायो । ताहिला म्याकग्रा १ रन बनाएर आउट भइन् । तर, ग्रेस ह्यारिस र दीप्ती शर्माले ६५ रन जोडेर वारियर्सलाई प्रतियोगितामा पहिलो जित दिलाए । दिप्ती शर्माले २७ रन र ग्रेस ह्यारिसले ३८ रनको उत्कृष्ट इनिङ खेले । मुम्बईका लागि इज्जी वोङले सर्वाधिक २ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण