आमा बन्दैछिन् दीपिका पादुकोण
नयाँ दिल्ली । भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् । अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन् ।
दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन् । पोस्टमा शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ । अर्थात् दीपिका रणवीरको पहिलो सन्तानको जन्म सेप्टेम्बरमा हुनेछ ।
दीपिकाको यो पोस्टमा फ्यान देखि सेलिब्रेटीहरुसम्म धेरैले बधाई तथा शुभकामना दिइरहेका छन् । कृति सेनन, मनीष मल्होत्रा, मेधा शंकर, अंगद बेदी, मियांग च्याङ्ग, कुब्रा सैत, मसाबा गुप्तालगायत कयौँ सेलिब्रेटीहरुले सिंह दम्पत्तिलाई बधाई दिएका छन् । कयौँ दिनदेखि दीपिका गर्भवती रहेको चर्चा भइरहेको थियो । बाफ्टा अवार्ड्स २०२४ मा दीपिका साडीमा देखिएकी थिइन् । त्यतिबेला उनको बेबी बम्प देखिएको र अभिनेत्रीले साडीको सप्कोले बारम्बार पेट छोपेपछि उनी गर्भवती भएको अफवाह चलेको थियो ।
दीपिका र रणवीर सिंह बलिउडको पावर कपल हुन् । फिल्म रामलिलाको सेटमा दुवैको प्रेम कथा सुरु भएको थियो । सन् २०१२ मा डेटिङ सुरु गरेको यो जोडीले सन् २०१८ मा इटलीमा बिहे गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण