१५ वर्षमा रणबीरले गुमाए आफ्नो भर्जिनिटी, थाहा पाउनुहोस् बलिउड सेलिब्रिटीका ‘सिक्रेट’
सेलिब्रिटीले धेरैजसो आफ्नो नीजि जीवनलाई मानिसहरुसँग लुकाएर राख्छन् । तर थुप्रै पटक उनीहरु अन्तर्वार्ता वा च्याट शोमा आफ्ना अत्यन्तै नीजि कुराहरु सार्वजनिक गरिदिन्छन् । केही दिन अघि विद्या बालनले करण जोहरको रेडियो कार्यक्रम ‘करण कलिङ’ मा आफ्नो बेडरुम सिक्रेट खोलिन् । उनीलगायत यस्ता बलिउडका थुप्रै सेलिब्रिटी छन् जसले आफ्नाबारे अचम्मित गरिदिने खुलासा गरिसकेका छन् ।
प्रियंका चोपडाले कफी विद करणमा प्रेमीसँग फोन सेक्स गरेको बताएकी छिन् । साथै उनले ब्रेकअपपछि पार्टनरलाई किस गरेको पनि बताएकी छिन् । उनले पार्टनरसँगै नुहाएको पनि बताएकी छिन् ।
गोबिन्दाले एक अन्तर्वार्तामा आफ्नो विवाहेत्तर सम्बन्ध रहेको बताएका छन् । गोबिन्दाले सन् १९८७ मा सुनिता अहुजासँग विवाह गरेका थिए । गोबिन्दाले आफ्नो ‘सिक्रेट’ कसैलाई पनि बताउन नहुने भनी सल्लाह पनि दिएका छन् ।
मलाइका अरोराले एक अन्तर्वार्तामा एक पटक नम्रता शिरोडकर र मेहर जेसिका उनीविरुद्ध एक भएको कुरा सार्वजनिक गरिन् । त्यतिबेला दुबै मोडलिङमा उनीभन्दा चर्चित थिए । अब उनीहरु दुबै एक अर्काका राम्रा साथी भएको पनि बताइन् ।
करिना कपुरले पनि आफूबारे एक खुलासा गरिसकेकी छिन् । उनका अनुसार यात्राको क्रममा फ्लाइटमा उनी एउटै जिन्स थुप्रै पटक लगाउँछिन् । उनलाई फोहोर जिन्स लगाउन मनपर्ने पनि उनी बताउँछिन् ।
विद्या बालनले करणको कार्यक्रममा आफूबारे थुप्रै राज खोलेकी छिन् । उनले एक अन्तर्वार्तामा कुनै बेला उनले आफ्नो नयाँ घर किन्नका लागि घूस दिएको बताइन् ।
रणबीर कपुरले एक अन्तर्वार्तामा उनले १५ वर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएको बताएका थिए । यसका साथै रणबीरले यो पनि स्विकार गरिसकेका छन् कि उनले प्रेममा रहँदा कसैलाई धोका दिएका छन् । यो सबै परिपक्वताको कमीका कारण भएको पनि उनले बताएका छन् ।
सलमान खानले पनि कफी विद करणमा आफू अहिलेसम्म भर्जिन भएको बताएका छन् । उनका अनुसार उनले आफ्नो भर्जिनिटी आफ्नो विवाहका लागि बचाएर राखेका हुन् ।
अर्जुन कपुरले एक अन्तर्वार्तामा स्विकार गरेका थिए कि उनको सलमानकी बहिनी अर्पितासँग अफेयर थियो । दुबैको सम्बन्ध फिल्म ‘मेने प्यार क्यूँ किया’ को सुटिङको क्रममा सुरु भएको बताए ।
आलिया भट्टले उनलाई अँध्यारोसँग डर लाग्ने भएकाले राती बत्ती बालेर सुत्ने गरेको बताएकी छिन् । साथै, उनलाई उचाईसँग डर लाग्ने भएकाले हवाई यात्रा गर्न मन नलाग्ने पनि उनले बताइन् ।
कल्की कोचलिनले एक अन्तर्वार्तामा आफू बाल्यकालमा यौन शोषणको शिकार भएको बताएकी छिन् । यसबारे लामो समयसम्म कसैलाई नभनेकी कल्कीले अब कोही पनि यसको शिकार नहोस् भन्ने उद्देश्यले यसबारे खुलेर बोल्न थालेको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण