शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैन: प्रदीप ज्ञवाली

बिहीबार, २४ फागुन २०८०, १० : ०२
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन् । 

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहालले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रूपमा चित्रण गरिरहेका बेला उनले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताएका हुन् ।

 न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त समेत प्रस्तुत गरे । उनले अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकता लगायतका विषयमा कुनै पनि छलफल नभएको बताए ।

 उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको सङ्कट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए । उपमहासचिव ज्ञवालीले एमालेले वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप