शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

कांग्रेसलाई माओवादीको जवाफ : उथलपुथल सक्नेले गर्ने हो

बिहीबार, २४ फागुन २०८०, १४ : ५९
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्त गरेको उथलपुथल शब्दलाई लिएर आतंकित हुन आवश्यक नरहेको बताएका छन् ।  

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी आजका दिनमा प्रधानमन्त्री प्रचण्डले प्रयोग गरिरहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन धेरै अघि बढिसकेको कुरामा नेपाली कांग्रेसले पुनः माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर दस्ताबेजमा छलफल गर्नु उपयुक्त नभएको ठहर माओवादीको रहेको बताए । 

सांसद पौडेलले उथलपुथल सक्नेले गर्ने जवाफ कांग्रेसलाई जवाफ दिए । कांग्रेसले प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले उथलपुथल शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाएका थिए । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफू बाचुन्जेल उथलपुथल भइरहने अभिव्यक्ति दिएका थिए । सशस्त्र जनयुद्ध आवश्यकता भएकाले गरेको पनि बताए ।

उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले ठिकै व्यक्ति छान्नुभएछ । अब यो देश सबै हिसाबले तपाईँले सम्हाल्नुहोला भने कमरेड प्रचण्ड जो आजको प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई जिम्मा लगाएको कुरा साँचो हो । आज प्रधानमन्त्रीले उथलपुथल शब्दको प्रयोग गर्नुहुन्छ, कोही पनि आतंकित हुन जरुरी छैन । मान्यज्युहरु आतंकति हुन जरुरी छैन । गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीज्युले प्रयोग गर्दै हुनुहुन्छ । अस्ति भर्खरको सम्मानित राष्ट्रपतिको निर्वाचनको बेलामा थियो होला नि त प्रधानमन्त्रीलाई अर्कै प्रस्ताव । तर राष्ट्रपति मिलेर गरौँ भनेर पहल गरेको कुरा बिर्सिनु भयो । शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंग्याउने कुरामा हामी सबैले हस्ताक्षर गरेका छौँ । हामी धेरै अघि बढिसकेका छौँ । त्यो कोर्समा प्रवेश गरेका छौँ । त्यो कोर्स सबै मिलेर पूरा गर्नुछ । यो बेलामा माओवादी हत्या हिंसाको चपेटामा परी आम नागरिकसँगै सुरक्षा निकायका हजारौँ व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेका तर बिना कारण जनधन गुमाउनु परेका हिंसात्मक द्वन्द्वबाट पीडित भनेर यो दस्ताबेज अहिलेको नेपाली कांग्रेसको दलमा छलफल भएको छ । हामीले सात सालमा नेपाली कांग्रेसलै बनाएको क्रान्ति सेनाका बारेमा त प्रश्न उठाएका छैनौँ । सशस्त्र जनयुद्ध पनि आवश्यकता थियो र गरियो । सक्नेले उथलपुथल गर्ने हो ।’

सांसद पौडेलले एजेण्डा र विषयमा मिल्नेहरुसँग मिल्दै जाने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप