लागु औषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौँ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । कैलाली, झापा, सुनसरी लगायतका जिल्लाबाट लागु औषधसहित १० जना पक्राउ परेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागुऔषध ब्राउनसुगर १ ग्राम ३ सय २० मिलिग्रामसहित गोदावरी नगरपालिका–२ बस्ने १७ वर्षीय किशोर समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १३ मिलिग्रामसहित सोही नगरपालिका–१० चन्द्रगढी बस्ने २५ वर्षीय आशिष राजबंशी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प ८६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–५ बस्ने ४९ वर्षीय धनबहादुर नेपाल र ४९ वर्षीय मदन गुरूङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले झिलझिलेबाट दमकतर्फ जाँदै गरेको मे.१० प ५१६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई आइतबार साँझ उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता, सुनसरीको इटहरी उपमहानगरपालिका–५ राजश्वढाँटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१६ बस्ने ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरेसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित आइतबार बेलुकी पक्राउ गरेको हो ।
साथै उनीहरूको साथबाट नगद ३ हजार २ सय रूपैयाँ, डिजिटल तराजु १ थान, विभिन्न कम्पनीको मोबाइल ४ थान, प्रदेश १–०२–०४७ प १९५३ नम्बरको मोटरसाइकल र १ थान ल्याप्टप समेत बरामद भएको छ ।
उता, उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १४ एम्पुल र आईपिल १५ एम्पुलसहित सोही ठाउँ बस्ने २३ वर्षीय पासाङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले ना.२६ प ८३७५ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण