सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरको हङकङ बजारमा नगरपालिकाको डोजर, व्यवसायीले गरे ढुंगामुढा

बुधबार, ३० फागुन २०८०, १२ : ०६
बुधबार, ३० फागुन २०८०

सुर्खेत । सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि  वीरेन्द्रनगर नगरपालिका आफैले आज डोजर चलाएको छ ।  वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो । 

नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने प्रतिकारमा उत्रिएका छन् । व्यापारीले ढुङ्गा मुढा हानेपछि नगरपालिकाको डोजरको सिसा फुटेको छ । झडपको स्थिति सृजना भएपछि नगरपालिकाको डोजर पछि हटेको छ ।

सो क्रममा एक कर्मचारीले घाइते भएका छन् । यी सबै गतिविधि भइरहँदा नेपाल प्रहरी भने मूकदर्शक देखिएको थियो । प्रहरीले माथिबाट आदेश नआएको भन्दै मुकदर्शक बनेको हो । 

माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो  आन्दोलनमा उत्रिएका थिए ।

यो क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन्। 

dogardogar3dogar4dogar5dogar6dogar7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप