स्वारेज र कम्पाना चम्कँदा घरेलु मैदानमा हार्यो डिसी
वासिङ्टन डिसी । लुइस स्वारेज र लियोनार्दो कम्पाना चम्कँदा डिसी युनाइटेडले घरेलु मैदानमा हार व्यहोर्नु परेको छ । मेजर लिग सकर (एमएलएस) अन्तर्गत शनिबार दिउँसो स्थानीय आउडी फिल्ड रङ्गशालामा भएको खेलमा इन्टर मियामी ३–१ गोल अन्तरले विजयी बन्यो ।
मियामीका मीयो लियोनल मेस्सी घाइते भएर अनुपस्थित खेलमा ०–१ गोल अन्तरले पछि परेको अवस्थामा कम्पानाले डिसीविरुद्ध बराबरी गोल फर्काए । खेल एक एक गोलको बराबरी रहँदा ६२ औँ मिनेटमा मैदान प्रवेश गरेका स्वारेजले मेस्सीको अभाव खट्कन दिएनन् ।
स्वारेजले मैदान प्रवेश गरेको दसौँ मिनेटमा कम्पानाको पासमा गोल गरेर मियामीलाई अग्रता दिलाए । स्वारेजले ८५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ३–१ को स्थितिमा पुर्याए ।
डिसीको खेलमा फर्कने सम्भावना कमजोर बनिरहेको बेला निर्धारित समयको अन्तिम मिनेटमा डिसीका पेड्रो सान्तोषले रातो कार्ड पाए । रोकिएको समयमा दुवै पक्षबाट गोल नहुँदा खेल ३–१ ले जितेर मियामीले तीन अंक जोड्यो ।
पाँच खेलबाट १० अंक जोडेको मियामी शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको डिसी पाँच अंकसहित टेबलको सातौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण