स्वारेज र कम्पाना चम्कँदा घरेलु मैदानमा हार्यो डिसी

वासिङ्टन डिसी । लुइस स्वारेज र लियोनार्दो कम्पाना चम्कँदा डिसी युनाइटेडले घरेलु मैदानमा हार व्यहोर्नु परेको छ । मेजर लिग सकर (एमएलएस) अन्तर्गत शनिबार दिउँसो स्थानीय आउडी फिल्ड रङ्गशालामा भएको खेलमा इन्टर मियामी ३–१ गोल अन्तरले विजयी बन्यो ।
मियामीका मीयो लियोनल मेस्सी घाइते भएर अनुपस्थित खेलमा ०–१ गोल अन्तरले पछि परेको अवस्थामा कम्पानाले डिसीविरुद्ध बराबरी गोल फर्काए । खेल एक एक गोलको बराबरी रहँदा ६२ औँ मिनेटमा मैदान प्रवेश गरेका स्वारेजले मेस्सीको अभाव खट्कन दिएनन् ।
स्वारेजले मैदान प्रवेश गरेको दसौँ मिनेटमा कम्पानाको पासमा गोल गरेर मियामीलाई अग्रता दिलाए । स्वारेजले ८५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ३–१ को स्थितिमा पुर्याए ।
डिसीको खेलमा फर्कने सम्भावना कमजोर बनिरहेको बेला निर्धारित समयको अन्तिम मिनेटमा डिसीका पेड्रो सान्तोषले रातो कार्ड पाए । रोकिएको समयमा दुवै पक्षबाट गोल नहुँदा खेल ३–१ ले जितेर मियामीले तीन अंक जोड्यो ।
पाँच खेलबाट १० अंक जोडेको मियामी शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको डिसी पाँच अंकसहित टेबलको सातौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा