शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम पक्षले गरेको निर्णय महिन्द्र पक्षद्वारा अस्वीकार, प्रदेश इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकियो

मङ्गलबार, ०६ चैत २०८०, १७ : ३१
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षले अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले गरेको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । 

मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले भट्टराई पक्षको निर्णय नमान्ने घोषणा गरेको हो । बाबुराम पक्षको सोमबार बसेको बैठकले महाधिवेशन आगामी माघमा गर्ने र महिन्द्र पक्षका नेतालाई पदमुक्त गर्ने निर्णय गरेको थियो । 

यसैबिच यादव पक्षको बैठकले  चैत ३ गते माओवादी केन्द्रसँग भएको एकतासम्बन्धी ४ बुँदे सहमति अनुमोदन पनि गरेको छ । यसैगरी बैठकले सातै प्रदेशमा इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकेको छ । 

सूची हेर्नुहोस्-

कोसी प्रदेश– इन्चार्ज,  राजेन्द्र कुमार किराती, अध्यक्ष विमला भट्टराई 

मधेस प्रदेश – इन्चार्ज, देवेन्द्र यादव, अध्यक्ष प्रमोद यादव

बागमती प्रदेश– इन्चार्ज, अक्कलबहादुर थिङ,  अध्यक्ष बन्दना सुवेदी 

गण्डकी प्रदेश– इन्चार्ज, रमेश पोखरेल, अध्यक्ष ढाकाराम गौतम 

लुम्बिनी प्रदेश– अध्यक्ष उमाशंकर यादव

कर्णाली प्रदेश– इन्चार्ज, देवीबहादुर बुढाथोकी

सुदूरपश्चिम प्रदेश– इन्चार्ज, मीनराज बडू, अध्यक्ष विनोद चन्द

गैर भौगोलिक प्रदेश– इन्चार्ज, ज्ञानेन्द्र कुमाल, अध्यक्ष राधा थापा

प्रवास प्रदेश– इन्चार्ज, नहेन्द्र प्रधान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप