सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध लागु औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

बुधबार, ०७ चैत २०८०, १२ : ०३
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–५ डेरा गरी बस्ने भोजपुर रामप्रसाद गाउँपालिका–४ घर भएका ३६ वर्षीय विक्रम मगर र सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने ५२ वर्षीय पदम निरौलालाई अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५ ग्राम ७ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम र लागु औषध जस्तो देखिने कालो पदार्थ २० ग्राम २ सय ५० मिलिग्रामसहित कैलाली कैलारी गाउँपालिका–५ पवेरा बस्ने २१ वर्षीय विजय चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी झापाको बाह्रदशी गाउँपालिका-२ बिरिङ पुलस्थित सडकबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १७ ग्राम ७ सय ४० मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका-४ बस्ने २३ वर्षीय अलागिर हक, २६ वर्षीय मो। हुसेन र २१ वर्षीय मन्जिर रुलहक रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले शरणामतिबाट खाडिगाउँतर्फ जाँदै गरेको मे.७ प १०२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाकै गौरादह नगरपालिका-१ डेरा गरी बस्ने २८ वर्षीय विशाल सुब्बा समेत २ जनालाई अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३५ वर्षीय राजकुमार ताजपुरियालाई २ ग्राम ४ सय ०० मिलिग्राम र २८ वर्षीय कुमार तामाङलाई २ सय ५० मिलिग्राम अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २५ ग्राम गाँजासहित पक्राउ गरेको छ । 

उता इलामको इलाम नगरपालिका–७ टुडिखेल बस्ने ३० वर्षीय राकेश पाँचकोटी र उनकै श्रीमती २९ वर्षीया निमादेवी शेर्पालाई अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ मिलिग्राम र नगद १३ हजार रूपैयाँसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप