महानिरीक्षक अर्यालद्वारा राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रणबारे अन्तरक्रिया
पर्सा । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सरोकारवालासँग ‘राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया गरेका छन् । शुक्रबार पर्सा जिल्लाको वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा महानिरीक्षक अर्यालले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण र चोरीपैठारी निकासी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको कर्तव्य, जिम्मेवारी र सीमा सुरक्षामा सीमावासीहरूको सहयोगको बारेमा छलफल गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा महानिरीक्षक अर्यालले राजश्व चुहावट नियन्त्रण गरी राजश्व बढाउने विषयमा सरोकारवाला सबैको सहकार्य र समन्वय जरुरी रहेको बताउनुभएको थियो भने पर्सा तथा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष, भन्सार अधिकृत र राजश्व अनुसन्धान कार्यालयका प्रमुखहरूले समेत आ–आफ्नो धारणा समेत राखेका थिए । सोही अवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा निर्माण गरिएको वाटर फाउन्टेनको समेत उद्घाटन गरेका थिए ।
त्यसै गरी सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा सोही जिल्लाको छिपरमाई गाउँपालिका–५ छोटी भन्सार कार्यालय भिष्वामा नं. १३ गण पर्साको आयोजना तथा प्रभु अस्पताल एन्ड रिसर्च प्रा.ली. वीरगन्ज र सामुदायिक आँखा उपचार केन्द्र पर्साको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको स्वास्थ्य शिविरमा कुल ६ सय ३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । यस्तै नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सर्वसाधारणहरूको लागि निर्माण गरिएको चापाकलको समेत उद्घाटन गरेका थिए ।
कार्यक्रममा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, उद्योग वाणिज्य संघका पदाधिकारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय भद्रभलाद्मी र सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण