राम बन्न खास तालिम लिइरहेका छन् रणवीर कपूर
नयाँ दिल्ली । रणवीर कपूर नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा भगवान् रामको भूमिका निर्वाह गर्दैछन् । यो फिल्मबारे रणवीरका फ्यानहरूमाझ निकै बज देखिन्छ । यो फिल्ममा रणवीर कस्तो देखिएलान् भनेर हेर्न फ्यानहरू आतुर छन् । यो फिल्मका लागि अभिनेता आफैँ पनि निकै एक्साइटेड छन् ।
फिल्मकै लागि माछामासु छाडेर रणवीर शाकाहारी भएका छन् । रक्सी चुरोट त्यागेका छन् । नाइट पार्टीमा जान बन्द गरेको खबरहरू आइरहेका छन् । फिल्ममा उनी कुनै कसर बाँकी राख्न चाहँदैनन् । फिल्मका लागि उनले विशेष खालको तालिम लिन थालेका छन् । सामाजिक सञ्जालमा रणवीरको तस्बिर भाइरल भइरहेका छन् । यी तस्बिरहरूमा उनी कठोर व्यायाम गरिरहेको देखिएका छन् । फोटो रणवीरको ट्रेनरले शेयर गरेका हुन् । तस्बिरमा रणवीर टाउकोले टेकेर उभिएका छन् ।
नितेशले फिल्मका लागि एउटा डिक्शन (बोल्ने तरिका) र डाइलग एकाइ बनाएका छन् । यसले रामायणमाथि मात्रै काम गर्नेछ । फिल्ममा प्रयोग हुने परिधानहरू बनाउने काम तीव्र भइरहेको छ । फिल्मका मुख्य कलाकारहरू कस्तो देखिने, कस्तो खालको कपडा लगाउँछन् भन्नेबारे विशेष ध्यान दिइएको छ । बलिउड हंगामाको कुरा पत्याउने हो भने रामायणको सुटिङ आगामी वर्ष सुरु हुनेछ ।
फिल्ममा केही आन्तरिक विवाद चलिरहेको छ । यो विवाद सुल्झिएपछि सुटिङ सुरु खबर छ । फिल्मको सुटिङ आगामी वर्ष सुरु हुन सक्ने बताइएको छ । फिल्ममा रणवीर कपूर राम, साई पल्लवी सिताको भूमिकामा देखिँदै छन् । अमिताभ बच्चनले दशरथको भूमिका निर्वाह गर्न सक्ने इन्साइडरले बताएको छ । यश रावण बन्ने छन् भने सनी देओल हनुमानको भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण