चर्चित डिजे अभिचीको २८ वर्षको उमेरमा निधन
काठमाडौँ । चर्चित डिजे तथा संगीत निर्माता टिम बर्गलिङ अर्थात् अभिचीको शुक्रबार साँझ ओमानमा निधन भएको छ । उनी २८ वर्षका थिए ।
उनको प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी निकै दुःखका साथ टिम बर्गलिङ अर्थात् अभिचीलाई गुमाएको जानकारी दिन चाहन्छौँ । उनी शुक्रबार ओमानको मुस्काटमा मृत अवस्थामा भेटिएका थिए । यस घटनाबाट परिवार स्तब्ध रहेका छन् । यो दुःखको घडीमा उनीहरुको निजी जीवनलाई सम्मान गर्न हामी सबैलाई आग्रह गदर्छौं । यसबारे थप वक्तव्य दिइने छैन ।’
सर्वकालिन चर्चित र सफल इलेक्ट्रोनिक डान्स म्युजिक आर्टिस्टका रुपमा रहेका अभिचीले सन् २०१३ मा ‘वेक मि अप’ बोलको गीतबाट बिलबोर्ड टप २०० मा चौँथो स्थान हात पार्न सफल भएका थिए ।
उनी फोर्ब्सको सबैभन्दा धेरै आम्दान गर्ने डिजेको सूचीमा शीर्ष पाँचमा स्थान बनाउन सफल भएका थिए ।
तर, करियर उचाईंमा रहेको बेला सन् २०१६ देखि उनले स्वास्थ्यको कारण देखाउँदै सांगीतिक कार्यक्रमहरु गर्न बन्द गरेका थिए ।
अत्याधिक रक्सी सेवनका कारण उनले एक्युट प्यान्क्रियाटिस रहेको थियो भने सन् २०१४ मा उनको पित्ताशय र एपेन्डिस हटाइएको थियो ।

एभिचीको जन्म सन् १९८९ सेप्टेम्बर ८ मा स्टकहोममा भएको थियो । उनले सन् २००७ मा आफ्नो पहिलो एल्बम लञ्च गरेका थिए । तर, सन् २०१० मा उनको ‘सिक ब्रोमान्स’ नामक गीत हिट भएपछि उनले सफलता हासिल गर्न थाले ।
त्यही वर्ष उनले एएमआईसँग सम्झौता पनि गरे ।
सन् २०११ मा उनको ‘लेभल्स’ ग्रामी अवार्डका लागि मनोनयनमा परेको थियो । सन् २०१२ मा डेभिड गुएटासँग कलाबोरेसनमा निकालिएको ‘सनसाइन’ पनि ग्रामी अवार्डको मनोनयनमा पर्न सफल रह्यो ।
सन् २०१३ मा उनको ‘ट्रु’ एल्बममा समावेश गीत ‘वेक मी अप’ बिलबोर्डमा १४ हप्तासम्म नम्बर १ मा रहेको थियो भने लामो समयसम्म विभिन्न देशमा नम्बर १ मा रहन सफल भएको थियो ।
सन् २०१५ मा उनले म्याडोनासँग पनि मिलेर काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण