टीआरसी विधेयकमा कांग्रेस लचिलो हुनेवाला छैन : डा.कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालीन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् ।
साथै एमालेलाई साथमा लिएर सङ्क्रमणकालीन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउन खोजेको पनि उनले बताए । दाहालले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको दाबी कोइरालाले गरे ।
शनिबार काठमाडौँमा आयोजित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गरेका कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७९’ विधेयक पास गराउन एमालेको समर्थनका लागि दाहालले कांग्रेससँगको तत्कालीन गठबन्धन फुटाएको बताए ।
उनले त्यो बाहेक भूराजनीतिक कारण पनि रहेको भन्दै टीआरसी विधेयकमा अब कांग्रेस लचिलो नहुने बताए । टीआरसी विधेयमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्ने कोइरालाले स्पष्ट पारे ।
स्थानीय चुनावमा माओवादीसँग गठबन्धन गर्दा कांग्रेसलाई घाटा भएको बताएका नेता डा.कोइरालाले अब कांग्रेस कुनै गठबन्धन गरेर चुनाव नलड्ने दाबी गरे । साथै उनले देश र कांग्रेसको हालत दुवै ठिक नभएको टिप्पणी गरे ।
कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले देशमा अराजकता बढेको बताए । उनले सरकार सरकारसँग नचलेको र अराजकता बढेको बताए । कार्यक्रममा सांसद प्रदीप पौडेल, पूर्वन्यायाधीश बाबुराम रेग्मी, डा.केदारनरसिंह केसीलगायतले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण