उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम ल्याउन मुख्यमन्त्री जम्कट्टेलको निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याउने व्यवस्था गर्न प्रदेश सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । उनले प्रदेश सरकारका अनुदान कार्यक्रम रोकेर कामको आधारमा प्रोत्साहन दिने कार्यक्रम कार्यान्वयनको व्यवस्था मिलाउन सचिवहरूलाई निर्देशन दिएका हुन् ।
बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको बिदाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले व्यक्ति हेरेर अनुदान दिँदा सरकारको बजेट दुरुपयोग हुने गरेको बताए । प्रदेश सरकारको बजेटमा हुने लापरबाही रोक्न योजना तथा कार्यक्रमको मोडल परिवर्तन गर्नुपर्ने उनले बताए ।
‘सरकारको बजेटको दुरुपयोग रोक्न योजना तथा कार्यक्रमको मोडल परिवर्तन गर्नुपर्छ । व्यक्ति छानेर अनुदान दिने भन्दा पनि कार्यक्रमको मोडेल फेरेर कामको आधारमा प्रोत्साहन भत्ता दिने कार्यक्रम ल्याउने व्यवस्था गर्नुहोस् । प्रतिफल नदिने कार्यक्रममा सरकारले लगानी नगर्ने नीति लिएको छ । सरकारको नीति अनुरूप नागरिकले महसुस गर्ने गरी काम गर्न र सोही अनुसारको योजना ल्याउने वातावरण तयार गर्नुहोला,’ उनले भने ।
उनले सेवा प्रवाह, विकास निर्माण र जनता जीवन स्तर सुधारका क्षत्रेमा काम गर्ने रणनीति निर्माण गरेर अघि बढ्न कर्मचारीहरूलाई निर्देशन दिए । प्रदेशको विकास र देखिने खालको काम गर्न तथा सोही अनुसार सरकारलाई सहयोग गर्न उनले आग्रह गरे । नागरिकको आवश्यकताको आधारमा प्रदेशको विकासमा जुट्न र जनताको विकासका योजनाका फाइल थन्काएर राख्न प्रवृत्ति अन्य गर्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण