माओवादी कर्णालीको निर्णय– विश्वासको मत लिएर नै छाड्ने, त्यसपछि राजीनामा

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । मंगलबार बसेको माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिनुपर्ने निर्णय गरेको हो ।
माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले विश्वासकाे मत लिने जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने भएका छन् ।
दलको बैठकपछि परियारले भने,‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो ।’
परियारले बुधबार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने जानकारी दिए । उनले विश्वासको मत लिएको केही दिनपछि सत्ता हस्तान्तरण हुने बताए । यस्तै उनले नेकपा एमालेले पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । उनले केन्द्रको निर्णय माओवादी कर्णालीले लागु गर्ने बताए । संसदमा विश्वासको मत लिनका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिएर मात्रै सत्ता हस्तान्तरण हुने उनले बताए ।
केन्द्रमा गठबन्धनमा भएको सहमति अनुसार कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत