सत्ता राजनीति
मुख्यमन्त्रीको राजीनामाको विषय अझै अनिर्णीत
बुधबार, २१ चैत २०८०, १३ : २७
काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको राजीनामाबारे बैठकमा छलफल भएपनि कुनै सहमति जुट्न नसकेको हो ।
प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठक निष्कर्षविहीन बनेको र फेरि केन्द्रका प्रतिनिधिसहितको बैठक बसेर टुंगो लगाउने उनको भनाइ छ । उनका अनुसार नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरु एमालेका नेताहरुसँग छलफलमा जुटेका छन् ।
सो छलफलपछि फेरि बैठक बसेर राजीनामा दिने या के गर्ने भन्नेबारे निर्णय हुने उनको भनाइ छ । सत्ता गठबन्धनमा केन्द्रीय सहमतिअनुसार कर्णालीको नेतृत्व एमालेलाई दिने भनिएपनि माओवादीले आफ्नो दाबी नछाड्दा समस्या भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण