शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मुख्यमन्त्रीको राजीनामाको विषय अझै अनिर्णीत

बुधबार, २१ चैत २०८०, १३ : २७
बुधबार, २१ चैत २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको राजीनामाबारे बैठकमा छलफल भएपनि कुनै सहमति जुट्न नसकेको हो ।

प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठक निष्कर्षविहीन बनेको र फेरि केन्द्रका प्रतिनिधिसहितको बैठक बसेर टुंगो लगाउने उनको भनाइ छ । उनका अनुसार नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरु एमालेका नेताहरुसँग छलफलमा जुटेका छन् ।

सो छलफलपछि फेरि बैठक बसेर राजीनामा दिने या के गर्ने भन्नेबारे निर्णय हुने उनको भनाइ छ । सत्ता गठबन्धनमा केन्द्रीय सहमतिअनुसार कर्णालीको नेतृत्व एमालेलाई दिने भनिएपनि माओवादीले आफ्नो दाबी नछाड्दा समस्या भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप