रणवीरले किने ६ करोडको कार
नयाँ दिल्ली । गएको वर्ष रिलिज भएको फिल्म ‘एनिमल’ को अपार सफलतापछि बलिउड अभिनेता रणवीर कपूरले नयाँ विलासी कार खरिद गरेका थिए । रणवीरले फेरि ६ करोड भारु मूल्य पर्ने बेन्टले कन्टिनेन्टल जीटी–भी ८ किनेका छन् । यो कार उनले मुम्बईको सडकमा चलाइरहेको भिडियोहरू सार्वजनिक भएका छन् ।
यतिबेला रणवीरका कयौँ भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । यी भिडियोमा उनी मुम्बईको पाली हिलस्थित वास्तु अपार्टमेन्ट नजिक आफ्नो नयाँ कार चलाउँदै गरेको देखिएका छन् । उनले किनेको डार्क स्फायर ब्लू बेन्टले कन्टिनेन्टल जीटी–भी ८को अन–रोड मूल्य ६ करोड र शो रुम मूल्य ५ करोड २ लाख भारु भएको बताइएको छ ।
एक भिडियोमा अभिनेताले आफ्नो कार रोकेर एक वृद्धलाई मद्दत गरेको पनि देखिन्छ । रणवीरका फ्यानहरूले उनको यो कामको सोसल मिडियामा निकै तारिफ गरिरहेका छन् ।
रणवीरसँग ल्यान्ड रोभर रेन्ज रोभर अटोबायोग्राफी, आउडी ए–८ एल, मर्सिडिज–एएमजी जी र आउडी आर ८ समेत थुप्रै लक्जरी कार छन् । हिजोआज रणवीर निर्देशक नितिश तिवारीको फिल्म ‘रामायण’को तयारीमा व्यस्त छन् । उनले छिट्टै साई पल्लवीसँग यो फिल्मको छायाङ्कन सुरु गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण