शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रणवीरले किने ६ करोडको कार

बिहीबार, २२ चैत २०८०, १५ : ४७
बिहीबार, २२ चैत २०८०

नयाँ दिल्ली । गएको वर्ष रिलिज भएको फिल्म ‘एनिमल’ को अपार सफलतापछि बलिउड अभिनेता रणवीर कपूरले नयाँ विलासी कार खरिद गरेका थिए । रणवीरले फेरि ६ करोड भारु मूल्य पर्ने बेन्टले कन्टिनेन्टल जीटी–भी ८ किनेका छन् । यो कार उनले मुम्बईको सडकमा चलाइरहेको भिडियोहरू सार्वजनिक भएका छन् ।

यतिबेला रणवीरका कयौँ भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । यी भिडियोमा उनी मुम्बईको पाली हिलस्थित वास्तु अपार्टमेन्ट नजिक आफ्नो नयाँ कार चलाउँदै गरेको देखिएका छन् । उनले किनेको डार्क स्फायर ब्लू बेन्टले कन्टिनेन्टल जीटी–भी ८को अन–रोड मूल्य ६ करोड र शो रुम मूल्य ५ करोड २ लाख भारु भएको बताइएको छ ।

एक भिडियोमा अभिनेताले आफ्नो कार रोकेर एक वृद्धलाई मद्दत गरेको पनि देखिन्छ । रणवीरका फ्यानहरूले उनको यो कामको सोसल मिडियामा निकै तारिफ गरिरहेका छन् ।

रणवीरसँग ल्यान्ड रोभर रेन्ज रोभर अटोबायोग्राफी, आउडी ए–८ एल, मर्सिडिज–एएमजी जी र आउडी आर ८ समेत थुप्रै लक्जरी कार छन् । हिजोआज रणवीर निर्देशक नितिश तिवारीको फिल्म ‘रामायण’को तयारीमा व्यस्त छन् । उनले छिट्टै साई पल्लवीसँग यो फिल्मको छायाङ्कन सुरु गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप