तेस्रो एकदिवसीय
आयरल्यान्डविरुद्ध नेपालका ओपनर अर्जुन कुमालको शतक
आइतबार, २५ चैत २०८०, १५ : ४३
काठमाडौँ । आयरल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आइतबार नेपालका ब्याट्सम्यान अर्जुन कुमालले शतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उक्त खेलमा अर्जुन कुमालले एक सय १४ बलमा आफ्नो शतक पुरा गरेका हुन् ।
ओपनर ब्याट्सम्यान अर्जुन कुमालले यस क्रममा १४ वटा चौका प्रहार गरेका छन् । ३३.१ ओभरमा उनले शतक पुरा गर्दा नेपालले पाँच विकेट गुमाएर एक सय ९३ रन बनाएको छ । आयरल्यान्डले दिएको दुई सय ८५ रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा ओर्लिएको हो ।
तीन एकदिवसीय खेलको शृङ्खला भने आयरल्यान्डले यसअघि नै जितिसकेको छ । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । त्यसअघि खेलिएको तीन खेलको टी-२० शृङ्खलामा पनि आयरल्यान्ड २-१ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण