लागु औषध सहित ४ जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँ र झापाबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरीबाट दुईजना र झापाको धुलाबारीबाट दुईजना पक्राउ परेका हुन् ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १० ग्राम खैरो हेरोइन सहित पोखरा महानगरपालिका–४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौँ तारकेश्वर नगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१–००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने गर्दा उनीहरू पक्राउ परेका हुन् ।
झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलावारी चोकबाट ५ किलो ५ सय ग्राम गाँजा सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र मेचीनगर नगरपालिका–१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजवंशी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण