बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषध सहित ४ जना पक्राउ

शुक्रबार, ३० चैत २०८०, १३ : ४०
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । प्रहरीले काठमाडौँ र झापाबाट लागु औषध सहित ४ जनालाई  पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरीबाट दुईजना र झापाको धुलाबारीबाट दुईजना पक्राउ परेका हुन् ।

 चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १० ग्राम खैरो हेरोइन सहित पोखरा महानगरपालिका–४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौँ तारकेश्वर नगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१–००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने गर्दा उनीहरू पक्राउ परेका हुन् ।

झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलावारी चोकबाट ५ किलो ५ सय ग्राम गाँजा सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र मेचीनगर  नगरपालिका–१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजवंशी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप