लिभरपुललाई प्यालेसको धक्का
आइतबार, ०२ वैशाख २०८१, २२ : १४
एनफिल्ड । क्रिस्टल प्यालेससँग आफ्नै घरेलु मैदानमा पराजित भएपछि लिभरपुलको उपाधि होडमा ठुलो धक्का लागेको छ । प्रिमियर लिग अन्तरगत आइतबार साँझ भएको खेलमा लिभरपुल १–० गोलले स्तब्ध बन्यो ।
खेलको १४ औँ मिनेटमा नै टोलीपछि परेको थियो । एबेरिची इजेले टाइरिक मिचेलको पासमा गोल गर्दै प्यालेसलाई अग्रता दिलाए । योर्गन क्लपको टोलीले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । पाएको अवसरहरूलाई परिणत गर्न टोली पुनः एकपटक चुक्यो । टोली आफ्नो घरेलु मैदानमा पराजित भएको सन् २०२२ को अक्टोबारपछि पहिलोपटक हो ।
पराजयसँगै टोली शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा दुई अङ्कले पछि परेको छ । हाललाई टोली दोस्रो स्थानमा रहेको आर्सनलसँग अङ्क बराबरी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण