संजय दत्तको ३०८ गर्लफ्रेण्ड : ‘संजु’को टिजरमा यस्तो देखिए रणवीर
मुम्बई । संजय दत्तको बायोपिक चलचित्र ‘संजु’को टीजर रिलिज गरिएको छ । निर्देशक राजकुमार हिरानीको यो चलचित्रमा रणवीर कपुरले संजय दत्तको भुमिका निर्बाह गरेका छन् ।
टीजरमा संजय दत्तको जीवनका कयौ रहस्य उजागर गरिएको छ । जसमा रोमान्सका किस्सा समेत रहेको छ ।
ति मध्ये केही अहिलेसम्म उनको बारेमा बाहिर नआएका पल समेत रहेका छन् । टीजरको एक सिनमा संजयको ३०८ गर्लफ्रेण्ड र एके–५६ राइफल रहेको रणवीरले भनेको समेत देख्न सकिन्छ ।
सडकमा भीख मागे
संजयले चार्टर प्लेनमा घुमेको धेरैलाई थाहा होला । तर उनले सडकमा भिख मागेको कमैलाई मात्र थाहा छ । चलचित्रको टीजरमा संजयले सडकमा भिख मागेको समेत देखाइएको छ ।
टीजरको एक डाइलगमा उल्लेख छ – चार्टर प्लेनमा पनि घुमेको छु । एक बसको टिकटका लागि सडकमा पनि भिख मागेको छु ।
डाक्टरले बाँच्न मुस्किल भनेका थिए
चलचित्रको टीजरमा संजुको एक डाइलगमा उनी २२ बर्षको हुँदा धेरै ड्रग्स लिन्थे र सो कारणले डाक्टरले बाच्न मुस्किल भएको बताएको उल्लेख छ ।
बिना झ्यालको जेल
टिजरमा संजु बिना झ्यालको जेलमा समेत रहेको उल्लेख गरिएको छ । सो समय उनलाई दिन र रातको समेत थाहा हँुदैन थियो । टीजरमा उनको एक डाइलग छ – न्युयोर्कमा म त्यो होटलमा बसेको छु जुन होटलको एक झ्यालबाट पुरै सहर देखिन्थ्यो । अनि त्यस्तो जेलमा पनि बसेको छु जुन जेलमा एक झ्याल पनि थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण