सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नीतिको विवाह २०२४ मा नहुने, यस्तो छ कारण

बुधबार, १२ वैशाख २०८१, १६ : १५
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । अभिनेत्री नीति शाहको सन् २०२४ भित्र विवाह नहुने भएको छ । केही अगाडि मिडियासँग कुराकानी गर्दै २०२४ भित्र विवाह गर्ने बताएकी उनले अहिले फिल्मको व्यस्तताको कारण यो वर्ष विवाह नगर्ने बताएकी हुन् । 

फिल्म ‘खजुरे ब्रो’ प्रचारप्रसारको सिलसिलामा रातोपाटीसँग कुरा गर्दै उनले २०२४ मा विवाह गर्ने पहिलेको योजना भएपनि सो योजना अहिले परिवर्तन गरेको बताइन् । ‘अब ‘ज्वाइँ साप’ फिल्म अभिनय गर्ने तयारीमा छु । त्यसैले २०२४ भित्र मेरो विवाह हुन सक्दैन’, उनले भनिन् ‘२०२५ भित्र भने हुनस्क्छ ।’

प्रेम त पक्कै होला नि ? रातोपाटीको प्रश्नमा उनले यो विषयमा अहिले कुरा नगरौँ भन्दै टारिन् ।

नीति पछिल्लो समय फिल्म ‘खजुरे ब्रो’को प्रचार प्रसारमा व्यस्त छिन् । यो उनको डेब्यु फिल्म पनि हो । फिल्मबाट चलचित्र क्षेत्रमा आफ्नो दर्बिलो पाइला बन्ने उनले विश्वास लिएकी छन् । 

वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो ।

नविन मानन्धर तथा सुरज सुनुवार निर्माता रहेको फिल्ममा सह–निर्माता सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । 

सुरज सुनुवारको निर्देशन रहेको फिल्ममा नीतिको अलवा रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनीता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप