‘बलिउडले बलात्कारपछि रोटी त दिन्छ’
मुम्बई । चर्चित कोरियोग्राफर सरोज खानले बलिउडमा कास्टिङ काउचबारे सन्सनीपूर्ण बयान दिएकी छिन् ।
उनका अनुसार कास्टिङ काउचको मामिला अहिले नभएर बाबा आदमको जमानादेखि चल्दै आएको छ । यो फिल्म उद्योगमात्र नभएर सरकारले पनि गर्दै आएको छ ।
‘सरकारी अधिकारी पनि बलात्कार गर्छन् । कम से कम फिल्म उद्योगले बलात्कार गरेपछि रोटी त दिन्छ । सरकार जस्तो छाडेर हिँड्दैन,’ उनले भनिन् ।
६९ वर्षीया सरोज खानले बयानमा हर युवतीमाथि कोही न कोही ‘हाथ साफ’ गर्न कोशिस गर्ने बताएकी छिन् ।
उनले भनिन्, ‘सरकारका मान्छेले पनि बलात्कार गर्छन् । तपाईं किन फिल्म उद्योगको पछाडि मात्र लाग्नुभएको छ ? फिल्म उद्योगले कम से कम रोटी त दिन्छ । बलात्कार गरेपछि त्यसै छोडिदिँदैन ।’
उनले अगाडि भनिन्, ‘यो सबै युवतीमाथि भर पर्छ उनी के गर्न चाहन्छिन् । यदी उनी कसैको हातमा आउन चाहँदिनन् भने उनलाई कसैले छुन सक्दैन । यदी तपाईंसँग कला छ भने किन आफूलाई बेच्नु ?’
यता, काँग्रेस नेतृ रेणुका चौधरीले कास्टिङ काउच बलिउडमा मात्र नभएर हरेक क्षेत्रमा हुने बताइन् । ‘यो तितो सत्य हो । संसद या काम गर्ने अन्य क्षेत्रमा यस्तो हुँदैन भनेर न सोच्नुहोस्,’ उनले भनिन्, ‘अब समय आएको छ यसविरुद्ध उभिएर यसलाई निर्मूल पार्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण